Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

सुनसरी घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप


सुनसरी घटनामा सरकार गैरजिम्मेवार बनेको एमालेको आरोप

काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।

बिहीवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख सचेतक महरले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतामाथि प्रहार हुने गरी देशका विभिन्न भागमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले यस्ता संवेदनशील घटना हुँदा समेत राज्य र वर्तमान सरकार मूकदर्शक बनेको र गैरजिम्मेवार भूमिका निर्वाह गरेको आरोप लगाए । महरले सुनसरीको घटना अहिले देशभर फैलिँदै गएको उल्लेख गर्दै विराटनगर, सप्तरी, वीरगञ्ज र काठमाडौंको माईतीघरसम्म यसका बाछिटा पुग्नु चिन्ताको विषय भएको बताएका छन् । उनले देशको शान्ति सुरक्षा र सामाजिक सद्भाव बिथोल्न राजनीतिक घुसपैठ र षड्यन्त्र भइरहेको हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘नेपालको विविधता भित्रको एकता हाम्रो मौलिक विशेषता हो । तर, पछिल्लो समय जातीय र धार्मिक सद्भाव खलबल्याउने खालका गतिविधि भइरहेका छन् । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुको सट्टा सरकार र खासगरी बालुवाटार (प्रधानमन्त्री निवास) नै यस्ता विषयमा उदासीन देखिनु खेदपूर्ण छ । देशमा यस्ता गम्भीर घटना भइरहँदा प्रधानमन्त्री न त सर्वदलीय बैठकमा देखिनुहुन्छ, न संसद्मा, न त घटनास्थलमा नै जानुहुन्छ । उहाँ केवल सामाजिक सञ्जालमा मात्र सीमित हुनुहुन्छ । यो कस्तो खालको कार्यशैली हो ? जनताले यसमा गम्भीर प्रश्न उठाइरहेका छन् ।’

विगतमा राज्यबाट बल प्रयोग हुँदा वा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भाष्य स्थापित गर्नेहरू नै अहिले सरकारमा रहेको स्मरण गराउँदै महरले कप्तानगञ्ज घटनाको जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने माग गरेका छन् ।


प्रकाशित मिति: १४ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?