Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई


काठमाडौँ। संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भुमिकाप्रति टिप्पणी गरेका छन् । मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षकै सांसदहरू सरकारमाथि बढी आक्रामक देखिएको उल्लेख गर्दै यसले प्रतिपक्षको भुमिका ओझेलमा पर्न थालेको बताएका हुन् । उनले सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री र प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर जनहितका काममा लाग्नुपर्नेमा जोड दिएका छन् । सरकार गठन भएको चार महिना बितिसक्दा पनि कुनै ठोस गति लिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । जनताले स्थिरता र विकासका लागि नयाँ शक्ति र वर्तमान गठबन्धनलाई विश्वास गरेको स्मरण गराउँदै उहाँले सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्न र डेलिभरी दिन सुझाव दिएका छन् । सांसद राईले व्यङ्ग्य गर्दै भने, ‘अहिले प्रतिपक्ष ओझेलमा परेको जस्तो देखिन्छ । सत्ता पक्षले नै प्रतिपक्षको जागिर खोसेर खाइदिन खोज्दैछन् । सरकारलाई हामीले भन्दा कडा प्रश्न सत्ता पक्षकै माननीयहरूले सोधिरहनुभएको छ । सरकारले गति लिन नसकेको र आफ्नै सांसदहरूको चित्त बुझाउन नसकेको अवस्था छ । दुई तिहाइ नजिकको बहुमत भएको सरकारले सही ढंगले काम गर्नुपर्छ । यस्तो खिचातानी र नैराश्यता देखिनु जनताका लागि दुर्भाग्य हो । हामी चाहन्छौँ यो सरकार टिकोस् र काम गरोस् । तर चार महिना नपुग्दै मान्छेहरूमा नैराश्यता आउनु सुखद् संकेत होइन ।’ मुलुकमा देखिएको ग्यास अभाव र बजारका समस्याबारे बोल्दै सांसद राईले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

काठमाडौँ। संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भुमिकाप्रति टिप्पणी गरेका छन् ।

मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सत्ता पक्षकै सांसदहरू सरकारमाथि बढी आक्रामक देखिएको उल्लेख गर्दै यसले प्रतिपक्षको भुमिका ओझेलमा पर्न थालेको बताएका हुन् । उनले सत्ता पक्षका सांसदहरूले आफ्नै सरकारका मन्त्री र प्रधानमन्त्रीसँग प्रभावकारी समन्वय गरेर जनहितका काममा लाग्नुपर्नेमा जोड दिएका छन् । सरकार गठन भएको चार महिना बितिसक्दा पनि कुनै ठोस गति लिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । जनताले स्थिरता र विकासका लागि नयाँ शक्ति र वर्तमान गठबन्धनलाई विश्वास गरेको स्मरण गराउँदै उहाँले सरकारलाई पाँच वर्षको कार्यकाल पूरा गर्न र डेलिभरी दिन सुझाव दिएका छन् ।

सांसद राईले व्यङ्ग्य गर्दै भने, ‘अहिले प्रतिपक्ष ओझेलमा परेको जस्तो देखिन्छ । सत्ता पक्षले नै प्रतिपक्षको जागिर खोसेर खाइदिन खोज्दैछन् । सरकारलाई हामीले भन्दा कडा प्रश्न सत्ता पक्षकै माननीयहरूले सोधिरहनुभएको छ । सरकारले गति लिन नसकेको र आफ्नै सांसदहरूको चित्त बुझाउन नसकेको अवस्था छ । दुई तिहाइ नजिकको बहुमत भएको सरकारले सही ढंगले काम गर्नुपर्छ । यस्तो खिचातानी र नैराश्यता देखिनु जनताका लागि दुर्भाग्य हो । हामी चाहन्छौँ यो सरकार टिकोस् र काम गरोस् । तर चार महिना नपुग्दै मान्छेहरूमा नैराश्यता आउनु सुखद् संकेत होइन ।’

मुलुकमा देखिएको ग्यास अभाव र बजारका समस्याबारे बोल्दै सांसद राईले सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?