Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

तराई–मधेसमा बढ्दो सुरक्षा संवेदनशीलताप्रति सांसद झाको चिन्ता


तराई–मधेसमा बढ्दो सुरक्षा संवेदनशीलताप्रति सांसद झाको चिन्ताः

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तराई–मधेस र पूर्वका केही जिल्लाहरूमा विकसित पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् ।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद झाले सुरक्षा संवेदनशीलता र सामाजिक सद्भाव कायम राख्न राज्यको सक्रियता पर्याप्त नभएको टिप्पणी गरेका छन् । सांसद झाले मधेस प्रदेशका करिव २० जना सांसदहरूले पार्टी सभापति रवि लामिछानेसँग सो क्षेत्रको सुरक्षा अवस्थाबारे विशेष छलफल गरेको जानकारी दिएका छन् । पछिल्लो समय सुनसरीमा भएको ओम प्रकाशको मृत्यु र त्यसपछिको परिस्थितिप्रति लक्षित गर्दै झाले राज्यको सक्रियता र तदारुकतामा कमजोरी देखिएको बताएका छन् । पीडित परिवारले हालसम्म शव बुझ्न नसकेको, सान्त्वना र उचित क्षतिपूर्तिको व्यवस्था नभएको भन्दै उनले गृह प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘मधेशको विद्यमान सुरक्षा संवेदनशीलतालाई संघीय सरकार र सिंहदरबारले जसरी हेर्नुपर्ने थियो, त्यो पर्याप्त देखिएन भन्ने हाम्रो निष्कर्ष छ । जनकपुर जस्तो प्रमुख शहर अहिले असुरक्षित देखिएको छ, पसल र बजारहरू बन्द छन्, चोक–चोकमा टायर बालेर विरोध भइरहेको छ । यो एक निर्वाचित जनप्रतिनिधिका लागि सुखद् परिस्थिति होइन ।’

सांसद झाले नेपाली समाजको ऐतिहासिक धार्मिक तथा सामाजिक सहिष्णुतालाई बिथोल्न खोज्ने प्रवृत्तिप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: १४ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?