Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा


प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई उनलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पारेकी छिन् ।

मंगलवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक थापाले यस्तो बताएकी हुन् । प्रमुख सचेतक थापाले सीमा विवादका सम्बन्धमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिरहेकाले संसद्मा उक्त विषय उठाइएको बताइन् । यस विषयमा सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिवद्धता सभामुखमार्फत जनाएको समेत जानकारी दिइन् । उनले प्रधानमन्त्रीले संसद्मा प्रश्नोत्तरकै रूपमा नभए पनि राष्ट्रका नाममा सम्बोधन गर्दा सीमाको विषयलाई समेटेर जनतालाई स्पष्ट पार्न सक्ने सुझाव दिएकी छिन् ।

उनले भनिन्, ‘जनताले सीमा विवादका बारेमा प्रधानमन्त्रीको मुखबाट जवाफ खोजिरहनुभएको छ । त्यो जवाफ नपाएसम्म हामीले सदनमा आकस्मिक समय लिएर ध्यानाकर्षण गराइरहनुपरेको हो । आम जनता प्रधानमन्त्रीको सम्बोधन र सन्देशको प्रतिक्षामा छन्, तर अहिलेसम्म उहाँले यसबारे सम्बोधन गर्नुभएको छैन । नेपाली काँग्रेस संविधानभन्दा माथि केही छैन भन्ने मान्यता राख्छ । हामी सदन अवरोध गर्ने पक्षमा कहिल्यै छैनौँ, तर संविधानमाथि आँच आउने अवस्था आएमा कांग्रेस सधैँ अग्रपङ्क्तिमा उभिएर त्यसको रक्षा गर्नेछ ।’

नेपाली काँग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले पार्टी सधैँ संविधान र विधिको शासनमा अडिग रहेको बताएकी छिन् ।


प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?