Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल


संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले संसद बैठकलाई प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रहेको बताएकी छिन् ।

मंगलवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले लामो समयसम्म सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो कार्यक्षेत्र र मतदातासँग प्रत्यक्ष संवाद गर्नबाट वञ्चित भएको तथा सदनको उपस्थितिमा समेत केही शिथिलता देखिएकाले दुई हप्ताको विश्राम दिइएको उनले स्पष्ट पारेकी छिन् । आगामी बैठकबाट सदनलाई अझ बढी प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सामान्य छलफल भएको धितालले बताइन् । सरकारले संसदमा प्रश्तुत गर्नका लागि १ सय ६६ वटा विधेयकहरूको सूची बुझाएको उल्लेख गर्दै उनले यस पटक संसदले पर्याप्त कार्यभार (बिजनेस) पाउने जानकारी दिइन् । सदनमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र सभामुखको भुमिकालाई लिएर गरिरहेको विरोधका सम्बन्धमा सचेतक धितालले संसदीय अभ्यास ‘सिक्दै र सुधार्दै’ लैजाने प्रक्रिया भएको बताएकी छिन् ।

उनले भनिन्, ‘सरकारले धेरै विधेयकहरू ल्याउने तयारी गरिरहेको छ, जसका कारण हाम्रो व्यस्तता अझ बढ्ने देखिएको छ । ती विधेयकहरू हालसम्म वेबसाइटमा अपलोड भइनसके पनि सरकार ल्याउने तयारीमा छ । हामी संसदीय अभ्यासमा कतिपय कुराहरू नयाँ छौँ । पुराना खराब अभ्यासहरूलाई छोडेर नयाँ र सकारात्मक पद्धति अवलम्बन गर्ने क्रममा केही त्रुटिहरू देखिएका हुन सक्छन् । ती विषयमा सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर संवाद भइरहेको छ ।’

सदनमा देखिएको असमझदारी अन्त्य गर्न गम्भीर छलफल भइरहेको र आगामी केही दिनभित्रै सहमति जुट्नेमा उनले विश्वास व्यक्त गरेकी छिन् । प्रतिपक्षी दलहरूलाई समेत विश्वासमा लिएर सरकार सबैको साझा हो भन्ने वातावरण निर्माण गर्न आफूहरू लागिपरेको धितालको भनाइ छ ।


प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?