Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुकमा देखिएका विभिन्न विवाद र धार्मिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुको विकल्प नभएको बताएका छन् ।. बुधवार बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले वर्तमान संविधान र यसले अख्तियार गरेका कतिपय नीतिहरू नै अहिलेको समस्याको जड भएको दाबी गरेका छन् । उन ले २०६२/६३ को आन्दोलनपछि मुलुकमा जबरजस्ती भित्र्याइएका कतिपय अवधारणाहरूलाई सच्याउनुपर्ने बेला आएको उल्लेख गर्दै राप्रपाले सडक र संसद दुवै ठाउँबाट हिन्दु राष्ट्रको मुद्दालाई सशक्त ढङ्गले उठाउने बताएका छन् । सुनसरीमा हालै भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष लिङदेनले उक्त घटनाको निन्दा र भत्र्सना गरेका छन् । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक सहिष्णुताको अनुपम नमूना भएको स्मरण गराउँदै उनले धर्मको नाममा भइरहेका विवादहरूले सामाजिक सद्भावमा खलल पु¥याएको बताएका छन् । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले यस विषयमा आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकाले धार्मिक सहिष्णुता यसको महत्वपूर्ण विशेषता हो । सुनसरीमा धर्मसँग सम्बन्धित विषयलाई लिएर भएको पछिल्लो घटना अत्यन्त दुःखद् छ । यस घटनाको पार्टी निन्दा तथा भत्र्सना गर्दछ । साथै, सरकारले संवेदनशीलतापूर्वक निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दछ । संसदभित्र र बाहिर देखिएका विभिन्न विवाद र घटनाको मूल कारण वर्तमान संविधान र त्यसले अवलम्बन गरेका केही नीतिहरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको धारणा छ । पार्टीकाअनुसार २०६२/६३ को आन्दोलनपछि अपनाइएको राजनीतिक मार्गको पुनरावलोकन गर्ने समय आएको छ । पार्टीले नेपालको ऐतिहासिक र सांस्कृतिक पहिचान कायम राख्न हिन्दु राष्ट्र पुनःस्थापना हुनुपर्ने माग गर्दै आएको छ । यो धारणा सडकदेखि संसद्सम्म निरन्तर उठाइँदै आएको छ ।’ प्रदेश सरकार गठनको सन्दर्भमा राप्रपाको धारणा स्पष्ट पार्दै अध्यक्ष लिङदेनले राप्रपाले कुनै विशेष परिस्थिति आएको खण्डमा उचित निर्णय लिने बताएका छन् ।

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुकमा देखिएका विभिन्न विवाद र धार्मिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुको विकल्प नभएको बताएका छन् ।.

बुधवार बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङदेनले वर्तमान संविधान र यसले अख्तियार गरेका कतिपय नीतिहरू नै अहिलेको समस्याको जड भएको दाबी गरेका छन् । उन ले २०६२/६३ को आन्दोलनपछि मुलुकमा जबरजस्ती भित्र्याइएका कतिपय अवधारणाहरूलाई सच्याउनुपर्ने बेला आएको उल्लेख गर्दै राप्रपाले सडक र संसद दुवै ठाउँबाट हिन्दु राष्ट्रको मुद्दालाई सशक्त ढङ्गले उठाउने बताएका छन् । सुनसरीमा हालै भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष लिङदेनले उक्त घटनाको निन्दा र भत्र्सना गरेका छन् । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक सहिष्णुताको अनुपम नमूना भएको स्मरण गराउँदै उनले धर्मको नाममा भइरहेका विवादहरूले सामाजिक सद्भावमा खलल पु¥याएको बताएका छन् ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले यस विषयमा आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ । नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएकाले धार्मिक सहिष्णुता यसको महत्वपूर्ण विशेषता हो । सुनसरीमा धर्मसँग सम्बन्धित विषयलाई लिएर भएको पछिल्लो घटना अत्यन्त दुःखद् छ । यस घटनाको पार्टी निन्दा तथा भत्र्सना गर्दछ । साथै, सरकारले संवेदनशीलतापूर्वक निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दछ । संसदभित्र र बाहिर देखिएका विभिन्न विवाद र घटनाको मूल कारण वर्तमान संविधान र त्यसले अवलम्बन गरेका केही नीतिहरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको धारणा छ । पार्टीकाअनुसार २०६२/६३ को आन्दोलनपछि अपनाइएको राजनीतिक मार्गको पुनरावलोकन गर्ने समय आएको छ । पार्टीले नेपालको ऐतिहासिक र सांस्कृतिक पहिचान कायम राख्न हिन्दु राष्ट्र पुनःस्थापना हुनुपर्ने माग गर्दै आएको छ । यो धारणा सडकदेखि संसद्सम्म निरन्तर उठाइँदै आएको छ ।’

प्रदेश सरकार गठनको सन्दर्भमा राप्रपाको धारणा स्पष्ट पार्दै अध्यक्ष लिङदेनले राप्रपाले कुनै विशेष परिस्थिति आएको खण्डमा उचित निर्णय लिने बताएका छन् ।


प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?