Trending
>>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

दोषको बाँडफाँड नगरौँ, पछि समीक्षा गरौँला :सभापति रवि लामिछाने


काठमाडौँ। काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा उत्पन्न धार्मिक तनावका कारण उत्पन्न वर्तमान परिस्थितिमा दोषी खोज्नेभन्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले घटनाको नैतिक र राजनीतिक जिम्मेवारी कसले लिनुपर्ने हो ? भन्ने विषयमा समीक्षा गर्न रास्वपा गम्भीर रहेको पनि बताएका छन् । सभापति लामिछानेले तत्काल दोषि को हो भनेर परिस्थितिलाई थप जटिल बनाउनुभन्दा धार्मिक सहिष्णुता कायम गर्नतर्फ ध्यान दिन सबैलाई आग्रह समेत गरे । उनले सुनसरी र सिरहामा उत्पन्न परिस्थितिबारे मधेशवादी दलहरुसँग परामर्श समेत गरेका छन् । उनले भने, ‘भएका कमजोरीको समीक्षा पछि गरौँला, कसैले केही कमजोरी गरेको रहेछ भने राजनीतिक र नैतिक रुपमा कहाँ जिम्मेवार गराउने हो हामी गराउँला । त्यसमा निर्धक्क रहनुहोला । त्यसकारण अहिले कसले के गर्यो ? कसको गल्ती भयो ? यो विषयमा हामी समीक्षा गरौँला । अहिले दोषको बाँडफाँड नगरौँ । दोष लगाउने कोही मान्छे चाहिएको छ भने मलाई दोष लगाउनुहोस् । म सत्तारुढ पार्टीको सभापति हो । तर अहिले दोषि खोज्ने काम नगरौँ ।’ सभापति लामिछानेले सरकार मधेशसहित पूर्वी जिल्लामा विकसित समस्या समाधान गर्न गम्भीर भएर लागिरहेको समेत बताएका छन् ।

काठमाडौँ।  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा उत्पन्न धार्मिक तनावका कारण उत्पन्न वर्तमान परिस्थितिमा दोषी खोज्नेभन्दा समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले घटनाको नैतिक र राजनीतिक जिम्मेवारी कसले लिनुपर्ने हो ? भन्ने विषयमा समीक्षा गर्न रास्वपा गम्भीर रहेको पनि बताएका छन् । सभापति लामिछानेले तत्काल दोषि को हो भनेर परिस्थितिलाई थप जटिल बनाउनुभन्दा धार्मिक सहिष्णुता कायम गर्नतर्फ ध्यान दिन सबैलाई आग्रह समेत गरे । उनले सुनसरी र सिरहामा उत्पन्न परिस्थितिबारे मधेशवादी दलहरुसँग परामर्श समेत गरेका छन् ।

उनले भने, ‘भएका कमजोरीको समीक्षा पछि गरौँला, कसैले केही कमजोरी गरेको रहेछ भने राजनीतिक र नैतिक रुपमा कहाँ जिम्मेवार गराउने हो हामी गराउँला । त्यसमा निर्धक्क रहनुहोला । त्यसकारण अहिले कसले के गर्यो ? कसको गल्ती भयो ? यो विषयमा हामी समीक्षा गरौँला । अहिले दोषको बाँडफाँड नगरौँ । दोष लगाउने कोही मान्छे चाहिएको छ भने मलाई दोष लगाउनुहोस् । म सत्तारुढ पार्टीको सभापति हो । तर अहिले दोषि खोज्ने काम नगरौँ ।’

सभापति लामिछानेले सरकार मधेशसहित पूर्वी जिल्लामा विकसित समस्या समाधान गर्न गम्भीर भएर लागिरहेको समेत बताएका छन् ।


प्रकाशित मिति: १५ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?