Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

नेपालमा पर्यटनको प्रचुर सम्भावना, आगामी १० वर्ष ‘स्वर्ण युग’ हुनसक्छ : डा. जगदीप मेहता


काठमाडौँ।इभेन्ट म्यानेजमेण्ट फेडरेसन (इएमएफ) ग्लोवलका अध्यक्ष डा. जगदीप मेहताले नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताएका छन् । उनले आगामी १० वर्ष नेपालका लागि महत्वपूर्ण हुने बताउनुभएको हो । काठमाडौंमा आयोजित ‘इएमएफ ग्लोवल’ सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको प्रकृति, हिमालय, र धार्मिक सम्पदाको उचित बजारीकरण गर्नसके विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्न सकिने उल्लेख गरेका छन् । सम्मेलनमा सहभागी हुन सात देशका प्रतिनिधिहरू नेपाल आएका छन् । ती प्रतिनिधिहरूले काठमाडौंका अतिरिक्त पोखरा र चितवनको समेत भ्रमण गरिरहेका छन् । डा. मेहताले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँको प्राकृतिक सुन्दरताले गर्दा सामाजिक उत्सव तथा ‘डेस्टिनेसन वेडिङ’ का लागि चार्टर उडानमार्फत पर्यटक ल्याउन सकिने सम्भावना औँल्याएका छन् । नेपालको धार्मिक पर्यटनबारे चर्चा गर्दै डा. मेहताले पशुपतिनाथ मन्दिरको व्यवस्थापन र सरसफाईको प्रशंसा गरेका छन् । उनले भने, ‘पोखरामा प्रकृति र शान्त वातावरणसँगै रात्रिकालीन जीवन र क्यासिनोको पनि सुविधा छ, जसले गर्दा यो क्षेत्र पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति भएपनि पशुपतिनाथ क्षेत्रमा देखिएको व्यवस्थापन, स्वच्छता र अनुशासन निकै सराहनीय छ । यो सम्मेलनलाई हामीले व्यवसायीहरूको कुम्भ मेलाका रूपमा लिएका छौँ । यसले नेटवर्किङ र प्रविधिको आदानप्रदानमार्फत व्यवसायलाई विस्तार गर्न मद्दत पु¥याउँछ । तीन दिनको यो बसाइमा सहभागीहरूले व्यवसायका साथै नेपालका विभिन्न पर्यटकीय स्थलहरूको समेत अवलोकन गर्नेछन् ।’ इएमएफ ग्लोवलको यस १० औँ वार्षिक सम्मेलनमा टर्की, इजिप्ट, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (युएई) र युरोपका विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ । डा. मेहताकाअनुसार यो सम्मेलन एक विश्वव्यापी प्लेटफर्म हो, जहाँ विभिन्न देशका व्यवसायीहरूले एक–अर्कासँग सहकार्य (कोलाबोरेसन) गर्न सक्छन् । उनले एडभेन्चर टुरिजम र हिमालय पर्वतमालाको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा जोड्नसके नेपाली पर्यटन व्यवसायीहरूले छिमेकी मुुलुकबाहेक अन्य महादेशबाट पनि ठूलो व्यापार भित्र्याउन सक्ने विश्वास व्यक्त गरेका छन् । सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ‘इभेन्ट डेस्टिनेसन’का रूपमा स्थापित गर्न र यहाँको पर्यटन पूर्वाधारको प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सम्मेलन ३० जुलाईबाट १ अगस्टसम्म काठमाडौंमा हुनेछ ।

काठमाडौँ। इभेन्ट म्यानेजमेण्ट फेडरेसन (इएमएफ) ग्लोवलका अध्यक्ष डा. जगदीप मेहताले नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहेको बताएका छन् ।

उनले आगामी १० वर्ष नेपालका लागि महत्वपूर्ण हुने बताउनुभएको हो । काठमाडौंमा आयोजित ‘इएमएफ ग्लोवल’ सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपालको प्रकृति, हिमालय, र धार्मिक सम्पदाको उचित बजारीकरण गर्नसके विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्न सकिने उल्लेख गरेका छन् । सम्मेलनमा सहभागी हुन सात देशका प्रतिनिधिहरू नेपाल आएका छन् । ती प्रतिनिधिहरूले काठमाडौंका अतिरिक्त पोखरा र चितवनको समेत भ्रमण गरिरहेका छन् । डा. मेहताले पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँको प्राकृतिक सुन्दरताले गर्दा सामाजिक उत्सव तथा ‘डेस्टिनेसन वेडिङ’ का लागि चार्टर उडानमार्फत पर्यटक ल्याउन सकिने सम्भावना औँल्याएका छन् । नेपालको धार्मिक पर्यटनबारे चर्चा गर्दै डा. मेहताले पशुपतिनाथ मन्दिरको व्यवस्थापन र सरसफाईको प्रशंसा गरेका छन् ।

उनले भने, ‘पोखरामा प्रकृति र शान्त वातावरणसँगै रात्रिकालीन जीवन र क्यासिनोको पनि सुविधा छ, जसले गर्दा यो क्षेत्र पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ । ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति भएपनि पशुपतिनाथ क्षेत्रमा देखिएको व्यवस्थापन, स्वच्छता र अनुशासन निकै सराहनीय छ । यो सम्मेलनलाई हामीले व्यवसायीहरूको कुम्भ मेलाका रूपमा लिएका छौँ । यसले नेटवर्किङ र प्रविधिको आदानप्रदानमार्फत व्यवसायलाई विस्तार गर्न मद्दत पु¥याउँछ । तीन दिनको यो बसाइमा सहभागीहरूले व्यवसायका साथै नेपालका विभिन्न पर्यटकीय स्थलहरूको समेत अवलोकन गर्नेछन् ।’

इएमएफ ग्लोवलको यस १० औँ वार्षिक सम्मेलनमा टर्की, इजिप्ट, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स (युएई) र युरोपका विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ । डा. मेहताकाअनुसार यो सम्मेलन एक विश्वव्यापी प्लेटफर्म हो, जहाँ विभिन्न देशका व्यवसायीहरूले एक–अर्कासँग सहकार्य (कोलाबोरेसन) गर्न सक्छन् । उनले एडभेन्चर टुरिजम र हिमालय पर्वतमालाको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा जोड्नसके नेपाली पर्यटन व्यवसायीहरूले छिमेकी मुुलुकबाहेक अन्य महादेशबाट पनि ठूलो व्यापार भित्र्याउन सक्ने विश्वास व्यक्त गरेका छन् । सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ‘इभेन्ट डेस्टिनेसन’का रूपमा स्थापित गर्न र यहाँको पर्यटन पूर्वाधारको प्रचार–प्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सम्मेलन ३० जुलाईबाट १ अगस्टसम्म काठमाडौंमा हुनेछ ।


प्रकाशित मिति: १४ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?