काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् ।
सोमवार राती प्रहरी हिरासतबाट निस्कँदै उहाँले सञ्चाकर्मीसँगको कुराकानीमा यस्तो आरोप् लगाएका हुन् । उनले जनआस्थामा प्रकाशित समाचार गलत भए राज्यले कानुनी प्रक्रियामार्फत त्यसको खण्डन गर्न कानूनी व्यवस्था हुँदाहुँदै सरकार स्वयंले आफूमाथि पात्र खडा गरि प्रतिशोध साँधेको आरोप लगाए । उनले सरकारले जनआस्थाविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गर्ने र मुद्दा थप्दै गएर आफ्नो आवाज बन्द खेल खेलिरहेको टिप्प्णी समेत गरेका छन् । उनले सर्वोच्च अदालतको परमादेशले सञ्चारमाध्यममाथि सरकार थप आक्रात्मक हुने प्रयासमा रोक लगाएको पनि बताएका छन् । उनले राज्यको निरङ्कुशता र जंगलीतन्त्रविरुद्धको लडाइँ जारी रहेको पनि बताए ।
उनले भने, ‘यो पेशागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही हो । यो सरकार गठन भएदेखि कहिले मिडिया, कहिले टे«ड युनियन, कहिले अदालतलाई गिजोल्दै, गिजोल्दै आयो । केही पाि अछुतो रहेन । केही प्रक्रिया नै पुरा नगरी हुकुमी शैलीमा आक्रमणको प्रयास भयो । जनआस्थाले लेखेको न्यूजहरु गलत छन् भने राज्यले त्यसको खखण्डन गरे हुन्छ । त्यसको लागि प्रेस काउन्सिल नेपाल, अदालत छन् । कुनैपनि प्रक्रियामा नगईकन सरकार पात्र खोज्ने र जनआस्थाविरुद्ध खडा गर्ने काममा लाग्दै आएको छ । खेतालाहरु खोज्दै आयो । र यसक्रममा केही समाजमा डामिएका मान्छेहरु जो सामाजिक सञ्जालमा आफैं रंिगएका थिए उनीहरुलाई खडा गरेर हाम्राविरुद्ध प्रयोग गर्न खोजियो । अब मुद्दा थप्दै थप्दै लैजाने, कसरी हुन्छ आवाज बन्द गर्ने भन्ने खेल थियो । यो वैयक्तिक गोपनीयतावाला फण्डावाला कानून ल्याएरजसको बारेमा कुरा आयो ती माननीय आफैं भिक्टिम हुनुभयो । यदि आज सम्मानित अदालतले हस्तक्षेप नगरेको भए भोलिदेखि विरोधी मिडियाका क्यामेरा, ल्यापटप र छापा समेत जफथ हुन्थे । र पत्रकारहरुले जेल भरिन्थ्यो । आज यसमा ब्रेक लागेको छ । राज्यको निरङ्कुशता र जंगलीतन्त्रमाथि कानूनी हस्तक्षेप सर्वोच्च अदालतबाट भएको छ । मिडियाकर्मीमाथि अरु प्रहार हुने थिए ।’
उनले आफ्नो गिरफ्तारी पेशागत धर्म निर्वाह गर्दा राज्यले लिएको बदलाको कारबाही भएको टिप्पणी पनि गरेका छन् । जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्वीरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उनलाई गत साउन २७ गते पक्राउ गरेको थियो ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार