१७ वैशाख, सिन्धुली । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो । काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३
१७ वैशाख, जनकपुर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनकपुरधामस्थित अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरी गृहमन्त्री श्रेष्ठले मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित हुलाक कार्यालय परिसरमा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालयको समुद्घाटन गरेका हुन् ।
१७ वैशाख, दाङ । दाङको कर्णाली भनेर चिनिने ‘गङ्गटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिन मात्रै बल्यो, त्यसपछि विद्युत् बलेन
१७ वैशाख, जनकपुरधाम । त्रेता युगमा वैशाख शुक्ल नवमी दिन जगज्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिवार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ । नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धूमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ
१७ वैशाख ,ओखलढुङ्गा । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र
१७ वैशाख ,ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई
१७ वैशाख ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो
१७ वैशाख ,काभ्रेपलाञ्चोक । राजकुमार पराजुली : काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ । बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल
१७ वैशाख ,जाजरकोट । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (कर्णाली पाइलट) अन्तर्गतका चार योजनालाई बारेकोट गाउँपालिकाले निर्धारित समय अगाबै पूरा गरेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग कर्णालीका १५ स्थानीय तहमा सो कार्यक्रम सञ्चालित छ । बारेकोटले चार योजनाका काम सबैभन्दा अगाडि सम्पन्न गरेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी
१७ वैशाख ,देउखुरी । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ । बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ । रोगका