Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

निर्धारित समय अगाबै काम सम्पन्न


१७ वैशाख ,जाजरकोट । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (कर्णाली पाइलट) अन्तर्गतका चार योजनालाई बारेकोट गाउँपालिकाले निर्धारित समय अगाबै पूरा गरेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग कर्णालीका १५ स्थानीय तहमा सो कार्यक्रम सञ्चालित छ ।

बारेकोटले चार योजनाका काम सबैभन्दा अगाडि सम्पन्न गरेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी दिए । ती योजनामा बारेकोट–४ दहमा जडीबुटी सङ्कलन केन्द्र, वडा नं ५ मा राजुरा शीर्षबाट बालुवासम्म तटबन्ध, वडा नं ३ मा गाग्राखोला जलविद्युत् आयोजनाको कुलो निर्माण र वडा नं १ मा फडका खोला जलविद्युत् आयोजनाको कुलो निर्माण रहेका थिए ।

पालिकाको मागमा आधारित जलवायु परिवर्तन उत्थानशील कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । यस कार्यक्रमबाट निर्माण भएका योजनामा काम गर्ने मजदुरको ज्याला मजदुरकै खातामा सिधै जम्मा गरिने नियम छ । गाउँपालिकाले रु ४५ लाख र कार्यक्रमले रु एक करोड ३८ लाख ११ हजार एक सय ४१ सहयोग गरेको छ ।

बारेकोटले तोकिएको समयअगाबै योजना सम्पन्न गर्नका लागि गम्भीरतापूर्वक लिएका कारण सम्भव भएको उनले बताए । पालिकाले तोकिएका आयोजना सम्पन्न गर्नका लागि सामूहिक प्रयास, प्राथमिकता प्राप्त आयोजना छनोट गर्नु, काममा संलग्न कर्मचारीको सक्रिय तथा कार्यसम्पादन क्षमता, उपभोक्ता समिति तथा कामदारलाई निर्माणपूर्व आयोजना कार्यान्वयनसम्बन्धी विस्तृत अभिमुखीकरणले समेत भारी विकास भएको गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रम जाजरकोटमा बारेकोट, नलगाड, सल्यानमा दार्मा, दैलेखमा दुल्लु, सुर्खेतमा सिम्ता र भेरीगङ्गा, कालीकोटमा रास्कोट र शुभकालिका, जुम्लामा तिला, मुगुमा सोरु र मुगूम कार्मारोङ, हुम्लाको ताजाकोट, सिमकोट र खार्पुनाथ, डोल्पाको से–फोक्सुन्डोमा कार्यक्रम लागू भएको छ । सबै पालिकाभन्दा बारेकोट गाउँपालिकामा ९८ प्रतिशत काम सम्पन्न भएकाले बारेकोट अग्रस्थानमा रहेको पाइएको छ ।

यो कार्यक्रमले पालिकासँग मिलेर काम गर्ने मजदुरलाई बैंक खातामार्फत भुक्तानी, स्थानीय मर्मतसम्भार कोषको व्यवस्थापन, पालिका केन्द्रित खरिद विधिको अवलम्बन, स्थानीय पूर्वाधारसँग सम्बन्धित कार्यविधि तथा निर्देशिका निर्माण तथा कार्यान्वयन, आयोजना छनोटमा प्राथमिकीकरण विधिको उपयोग, अनुगमन तथा निरीक्षण चेकलिष्टको प्रयोग, आयोजनाको विस्तृत सर्भे, डिजाइन तथा लागत स्टिमेटको सुरुआत, बेरोजगार सूचीमा सूचीकृत घरधुरीमध्येबाट कामदार छनोट हुने गरेको छ ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?