Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण शुरु


कालीकोट। कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ हो । यस परियोजनाको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने जानकारी दिइएको छ । शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । नयाँ भौतिक पूर्वाधारको निर्माणसँगै विद्यार्थी र शिक्षकहरूका लागि गुणस्तरीय सिकाइ वातावरण सुदृढ हुने विश्वास उनीहरूले व्यक्त गरेका छन् । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत यस परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरेका छन् । राजदुत श्रीवास्तवले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई पुनः दोहोर्याएका छन् । उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत भारत सरकारले नेपालका सातै प्रदेश र ७४ जिल्ला समेट्ने गरी हालसम्म करिव ६ सय वटा परियोजनाहरू सञ्चालन गरिसकेको छ । जसमध्ये १८ वटा परियोजनाहरू कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा अवस्थित छन् ।

यसका अतिरिक्त, भारत सरकारले कर्णाली प्रदेशको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई हालसम्म ५६ वटा एम्बुलेन्स र १४ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । यसमा कालीकोट जिल्लाले प्राप्त गरेका ४ वटा एम्बुलेन्स र २ वटा स्कुल बस समेत समावेश छन् ।

नजिकको छिमेकीको नाताले नेपाल र भारतबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गरी समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा यो परियोजनाले थप बल पुर्याउने विश्वास लिइएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?