Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

विवाहका लागि कोट किन्न गएका बेहुला बेपत्ता भएपछि…


कञ्चनपुर । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनअघि देखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकै राना समुदायकी एक युवती सँग विवाहको लगनगाँठो तय भएको थियो।

फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन्। रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएको छ। आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन्।

विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए । ‘सबै तयारी पूरा भइसकेको थियो। भाइ र मैले दुवै जना खटेर आफन्तलाई निम्तोसमेत बाँडिसकेका थियौँ’ उनले भने ‘कोट लिन धनगढी गएको भाइ माघ ३० बाट सम्पर्कविहीन छन्।’सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले बताए । उनले भाइको खोजीका लागि कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा आग्रह गरेको जानकारी दिए ।


प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?