Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

काठमाडौँबाट सिन्धुली जाँदै गरेको कार दुर्घटना, २ जनाको मृत्यु


१७ वैशाख, सिन्धुली । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो ।

काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिइ ।

उनका अनुसार गम्भीर घाइते अवस्थामा रहेका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । कार अनियन्त्रित भइ सडकबाट बायाँतर्फ २० मिटर तल भिरमा खसेको थियो ।


प्रकाशित मिति: १७ बैशाख २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?