१७ श्रावण, रूकुम । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए । उनि बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए ।
१७ श्रावण, झापा । झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो । झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको
१७ श्रावण, भोजपुर । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल सुधारगृह विराटनगर पठाइएको छ । भोजपुर नगरपालिका–११ का २२ वर्षीय सुमन श्रेष्ठ,
१७ श्रावण, मोरङ । इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड मृत फेला फरेका छन् । मोरङको नेता चोकस्थित इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत गार्ड बुधबार बिहान मृत फेला फरेका हुन् । मृत अवस्थामा फेला परेका गार्ड वडा नम्बर ५ का ४२ वर्षीय पदुम कुमार माझी रहेको प्रहरीले जानकारी दिएको छ । बैंकको
१७ श्रावण, बैतडी । बैतडीमा एक महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । सिगास गाउँपालिका–६ थालाकाँडीका ३४ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना हो । ज्वरो आएपछि शिवलिङ्ग स्वास्थ्यचौकीमा उपचारका लागि
१७ श्रावण, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिने बताइएको छ । प्रदेश प्रमुखको कार्यालयले शपथका लागि ११ बजेको समय निर्धारण गरेर तयारी गरिरहेको
१७ श्रावण, चितवन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा रामचन्द्र
१७ ,श्रावण ,कर्णाली । ‘कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा टेबुल गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिजो बसेको २८औँ बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीलाई उक्त विधेयक सभासमक्ष टेबुल गर्न अनुमति दिएकि थिईन् । मन्त्री जिसीले सो विधेयक कर्णाली
१७ ,श्रावण ,इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका
१७ ,श्रावण ,ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ । आँखा जाँच, औषधि