Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’


संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणा पत्र कार्यान्वयन गर्छन् भन्नेमा आंशका र प्रश्न रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा र प्रतिवद्धतासम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान निर्माणको एक दशक बित्दा समेत संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण हुन नसकेको उहाँको भनाइ छ । संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण राजनीतिक दल र निर्वाचनपवछि बन्ने सरकारको प्राथमिकता हुनुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेखित प्रावधानहरू नै प्रभावकारी रूपमा लागू हुन नसकेको अवस्थामा दलहरूले घोषणापत्रमा गरेका प्रतिवद्धता कार्यान्वयन हुनेमा जनताले प्रश्न उठाउनु स्वाभाविक भएको धारणा समेत राख्नुभयो । उहाँले संविधान कार्यान्वयनको पहिलो शर्त आवश्यक कानून निर्माण भएको उल्लेख गर्दै संविधान प्रवद्र्धन गर्नु समेत दलहरुको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधान कार्यान्वयनमा देखिएका समस्याको गहिरो अध्ययन गर्नु जरुरी रहेको समेत बताउनु भयो । दाहालले राजनीतिक दलहरूले समयमै संविधान कार्यान्वयनको स्पष्ट योजना ल्याएको भए अहिले घोषणापत्रमार्फत पुनः प्रतिवद्धता दोर्होयाउनुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो । उहाँले अधिकांश दलले चुनावी घोषणापत्रमा सुशासन कायम गर्ने उल्लेख गरेपनि लामो समयदेखि सत्तामा रहेका पुराना दलहरूले विगतमा किन सुशासन कायम गर्न नसके भन्ने विषयमा जनतालाई स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरु र सरकारले संविधान कार्यान्वयनको लागि आवश्यक कानूनहरु समयमै बनाउनुपर्छ । हामीले संविधान निर्माणको दश वर्ष बितिसक्दा समेत संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कतिपय कानून अहिलेसम्म पनि बनाउन सकेका छैनौँ । भनेपछि दलहरुले संविधानमा लेखेका कुराहरु त लागू गर्न सकेनौँ भने घोषणा पत्रमा लेखेको कुरा कसरी र कति लागू होला ? जनतहरुले यस्तै प्रश्न गरिरहेका छन् । कतिपय कानूनहरु अहिले पनि बन्न सकेको अवस्था छैन । संविधान कार्यान्वयनका लागि आवश्यक कानून बन्नुपर्छ । दोस्रो कुरा, संविधानलाई प्रवद्र्धनत गर्नको लागि संविधानमा लेखेका कुरा जनताको माझमा पुर्याएर त्यो प्रतिफल दिनुपर्छ । अर्को कुरा, संविधानलाई कहाँ कहाँबाट समस्या छ भन्ने कुरामा समेत हामीले अध्ययन गर्न सकेनौँ । गरिवीको कारणले हो कि, विभेदको कारणले हो कि, सुशासनको कमीको कारणले हो कि भन्ने कुरामा कसले अध्ययन गर्यो ? यदि हामीले सुक्ष्म ढंगले अध्ययन गरेको भए अहिेलेको अवस्था सिर्जना हुँदैन थियो होला । यदि राजनीतिक दलहरुले संविधान कार्यान्वयनको योजना बनाइदिएको भए अहिले घोषणा पत्र लेखिरहनुपर्ने अवस्था थिएन । त्यसकार।ण अगामी दिनमा त्यो कुराहरु आउनुपर्यो । अहिले सबैको घोषणा पत्रमा सुशासन कायम गर्ने कुरा उल्लेख गरिएको छ । नयाँ राजनीतिक दलहरुले ठिकै पनि होला । तर पुराना राजनीतिक दलहरु जसले लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका छन् । उनीहरुले विगतमा किन सुशासन कायम गर्न सकेनन् ? यो कारण आम जनतालाई भन्न सक्नुपर्छ ।’ दाहाले संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य कार्यान्वयनमा समेत दलहरुले जोड दिनुपर्ने धारणा राख्नुभयो ।

काठमाडौँ । संविधान एवं प्रशासनविद् काशीराज दाहालले संविधानको पूर्ण कार्यान्वयन गर्न नसकेका राजनीतिक दलहरूले चुनावी घोषणा पत्र कार्यान्वयन गर्छन् भन्नेमा आंशका र प्रश्न रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित ‘राजनीतिक दलका घोषणापत्रमा दलित, महिला र सिमान्तकृत समुदायका मुद्दा र प्रतिवद्धतासम्बन्धी संवाद’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संविधान निर्माणको एक दशक बित्दा समेत संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण हुन नसकेको उहाँको भनाइ छ । संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माण राजनीतिक दल र निर्वाचनपवछि बन्ने सरकारको प्राथमिकता हुनुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेखित प्रावधानहरू नै प्रभावकारी रूपमा लागू हुन नसकेको अवस्थामा दलहरूले घोषणापत्रमा गरेका प्रतिवद्धता कार्यान्वयन हुनेमा जनताले प्रश्न उठाउनु स्वाभाविक भएको धारणा समेत राख्नुभयो । उहाँले संविधान कार्यान्वयनको पहिलो शर्त आवश्यक कानून निर्माण भएको उल्लेख गर्दै संविधान प्रवद्र्धन गर्नु समेत दलहरुको प्राथमिकतामा पर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधान कार्यान्वयनमा देखिएका समस्याको गहिरो अध्ययन गर्नु जरुरी रहेको समेत बताउनु भयो । दाहालले राजनीतिक दलहरूले समयमै संविधान कार्यान्वयनको स्पष्ट योजना ल्याएको भए अहिले घोषणापत्रमार्फत पुनः प्रतिवद्धता दोर्होयाउनुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो । उहाँले अधिकांश दलले चुनावी घोषणापत्रमा सुशासन कायम गर्ने उल्लेख गरेपनि लामो समयदेखि सत्तामा रहेका पुराना दलहरूले विगतमा किन सुशासन कायम गर्न नसके भन्ने विषयमा जनतालाई स्पष्ट जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दलहरु र सरकारले संविधान कार्यान्वयनको लागि आवश्यक कानूनहरु समयमै बनाउनुपर्छ । हामीले संविधान निर्माणको दश वर्ष बितिसक्दा समेत संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कतिपय कानून अहिलेसम्म पनि बनाउन सकेका छैनौँ । भनेपछि दलहरुले संविधानमा लेखेका कुराहरु त लागू गर्न सकेनौँ भने घोषणा पत्रमा लेखेको कुरा कसरी र कति लागू होला ? जनतहरुले यस्तै प्रश्न गरिरहेका छन् । कतिपय कानूनहरु अहिले पनि बन्न सकेको अवस्था छैन । संविधान कार्यान्वयनका लागि आवश्यक कानून बन्नुपर्छ । दोस्रो कुरा, संविधानलाई प्रवद्र्धनत गर्नको लागि संविधानमा लेखेका कुरा जनताको माझमा पुर्याएर त्यो प्रतिफल दिनुपर्छ । अर्को कुरा, संविधानलाई कहाँ कहाँबाट समस्या छ भन्ने कुरामा समेत हामीले अध्ययन गर्न सकेनौँ । गरिवीको कारणले हो कि, विभेदको कारणले हो कि, सुशासनको कमीको कारणले हो कि भन्ने कुरामा कसले अध्ययन गर्यो ? यदि हामीले सुक्ष्म ढंगले अध्ययन गरेको भए अहिेलेको अवस्था सिर्जना हुँदैन थियो होला । यदि राजनीतिक दलहरुले संविधान कार्यान्वयनको योजना बनाइदिएको भए अहिले घोषणा पत्र लेखिरहनुपर्ने अवस्था थिएन । त्यसकार।ण अगामी दिनमा त्यो कुराहरु आउनुपर्यो । अहिले सबैको घोषणा पत्रमा सुशासन कायम गर्ने कुरा उल्लेख गरिएको छ । नयाँ राजनीतिक दलहरुले ठिकै पनि होला । तर पुराना राजनीतिक दलहरु जसले लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका छन् । उनीहरुले विगतमा किन सुशासन कायम गर्न सकेनन् ? यो कारण आम जनतालाई भन्न सक्नुपर्छ ।’

दाहाले संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य कार्यान्वयनमा समेत दलहरुले जोड दिनुपर्ने धारणा राख्नुभयो ।


प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?