Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित)


काठमाडौं महानगरपालिका वडा नं. १९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित)

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १९ अन्तर्गत यटखा बहाल क्षेत्रमा स्थापना गरिएको फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन गरिएको छ । शुक्रवार वडा अध्यक्ष राजेश श्रेष्ठले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाको सम्बन्धित निकायको प्रतिनिधित्व रहेको थियो । उद्घाटनपछि सो पाइपलाइनको व्यावहारिक परीक्षण समेत गरिएको थियो । जसमा पानीको प्रवाह तथा दबाब परीक्षण सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । यस फायर हाइड्रेन्टको स्थापनाले यटखा बहाल तथा आसपासका बस्तीहरूमा आगलागीको घटना भएमा दमकल तथा स्थानीयवासीहरूलाई पानीको तत्काल उपलब्धता हुनेगरी आगलागी नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतका वर्षहरूमा काठमाडौं उपत्यकामा आगलागीका घटनाहरू बढ्दै गएको सन्दर्भमा महानगरपालिका तथा वडा कार्यालयहरूले यस्ता पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएका छन् । वडा अध्यक्ष राजेश श्रेष्ठले यो पूर्वाधारले स्थानीय बासिन्दाहरूको सुरक्षा बढाउने बताउँदै महानगरपालिकासँगको सहकार्यमा थप यस्ता फायर हाइड्रेन्टहरू अन्य क्षेत्रमा पनि विस्तार गरिने बताउनु भयो । गगनचुम्बी भवनहरू तथा साँघुरा गल्लीहरू भएको काठमाडौंको पुरानो बस्तीहरूमा यस्ता सुविधाको आवश्यकता निकै महशुस गरिएको छ । यटखा बहाल क्षेत्र ऐतिहासिक तथा सांस्कृतिक महत्वको रहेकोले यस क्षेत्रमा आधुनिक सुरक्षा पूर्वाधार थपिनुले स्थानीयवासीहरूमा राहतको अनुभुति भएको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?