Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर


अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर

एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका व्यापक ट्यारिफहरूलाई गैरकानूनी ठहर गरेको छ ।

६–३ को बहुमतले फैसला गर्दै अदालतले भनेको छ कि राष्ट्रपतिले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्तिहरू ऐन अन्तर्गत राष्ट्रिय आपतकालको नाममा लगाएका आयात ट्यारिफहरू असंवैधानिक छन् । यो ऐनले राष्ट्रपतिलाई यस्ता ट्यारिफ लगाउने अधिकार दिँदैन । अदालतले जोड दिएको छ कि कर (ट्यारिफ) लगाउने अधिकार अमेरिकी संविधानअनुसार कंग्रेसको हो । राष्ट्रपतिको होइन। मुख्य न्यायाधीश जोन रोबट्र्सले लेखेको फैसलामा भनिएको छ कि राष्ट्रपतिले कंग्रेसबाट स्पष्ट अनुमति बिना यस्तो व्यापक ट्यारिफ लगाउन सक्दैनन् । ट्रम्पले गत वर्ष अप्रिलमा लिबेरेसन डेको नाममा लगभग सबै आयातित सामानमा न्युनतम १० प्रतिशत ट्यारिफ लगाएका थिए । जसमा केही देशहरूमा उच्च दरहरू थिए । यसले अमेरिकी उत्पादनलाई बढावा दिने र सरकारलाई राजस्व बढाउने दाबी गरेका थिए ।

यो ट्यारिफविरुद्ध १२ वटा अमेरिकी राज्यहरूको गठबन्धनले मुद्दा दायर गरेको थियो । अन्तर्राष्ट्रिय व्यापार अदालत र अपील अदालतले पनि ट्रम्पको पक्षमा फैसला गरेको थिएन । सेप्टेम्बरमा यो मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो ।

फैसलाले विश्वव्यापी व्यापार, कम्पनीहरू, मुद्रास्फीति र अमेरिकी नागरिकहरूको खर्चमा प्रभाव पार्ने अपेक्षा गरिएको छ । केही अनुमानअनुसार अवैध ट्यारिफबाट संकलित अर्बौं डलर फिर्ता गर्नुपर्ने हुनसक्छ ।

ट्रम्पले यो फैसलालाई ‘गम्भीर निराशाजनक’ भन्दै आलोचना गरेका छन् । केही न्यायाधीशहरूलाई अपमानजनक भनेका छन् । फैसला आएकै दिन उनले अर्को कानून प्रयोग गरी नयाँ १० प्रतिशत विश्वव्यापी ट्यारिफ लगाउने घोषणा गरेका छन् । जुन केही दिनभित्र लागू हुनेछ ।

यो फैसला ट्रम्पको आर्थिक नीतिको लागि ठूलो झट्का हो र राष्ट्रपतिको कार्यकारी अधिकारको सीमालाई स्पष्ट पार्छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?