Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ


१७ श्रावण, रूकुम । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आएका थिए ।

उनि बिरामी भएर जाँचका लागि मङ्गलबार अस्पताल पुगेका थिए । डेङ्गुसँग लक्षण मिल्दोजुल्दो देखिएपछि शङ्का लागेर परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्रराज कोइरालाले जानकारी दिए । उनका अनुसार राईमा ज्वरो आउने र घाँटीमा सुन्निएको जस्तो देखिने समस्या देखिएको थियो ।

पछिल्लो समय डेङ्गु बढ्दो क्रममा रहेकाले अस्पतालमा उपचारका लागि आउनेमध्ये लक्षण देखिएका शङ्कास्पद बिरामीमा परीक्षण गर्ने गरिएको डा कोइरालाले बताए । सोही क्रममा राईको परीक्षण गर्दा जिल्लामै पहिलो पटक एक जनामा डेङ्गु पोजेटिभ देखिएको उनको भनाइ थियो ।

“अहिले अस्पतालमा डेङ्गु परीक्षण गर्ने किट सङ्ख्या न्यून मात्रामा छ । अब एक–दुईजना नयाँ सङ्क्रमित थपिनेबित्तिकै ज्वरो आउने सबैमा परीक्षण गर्नुपर्ने हुन्छ”, डा कोइरालाले भने, “हामीसँग किट कम भएकाले त्यतिबेला समस्या पर्न सक्छ ।” जिल्लामा आवश्यक पर्ने किट उपलब्धताका लागि सरोकारवाला निकायसँग समन्वय  गरिरहेको उनले बताए ।

जिल्लामा सङ्क्रमण देखिएपछि अन्यमा पनि डेङ्गु हुनसक्ने भएकाले सबैले आवश्यक सतर्कता अपनाउनुपर्ने चिकित्सकको भनाइ छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?