Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

विर्तामोडमा विषादी जाँच्ने प्रयोगशाला बन्द


१७ श्रावण, झापा । झापाको विर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो ।

झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित विर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो । कृषि मन्त्रालयअन्तर्गत सञ्चालित उक्त विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका कर्मचारीले आर्थिक अभाव देखाउँदै चार दिनअघि सेवा बन्द भएको जानकारी गराएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताए ।

प्रयोगशाला बन्द भएपछि त्यहाँबाट तरकारी तथा फलफूलको दिनहुँ हुँदै आएको विषादी परीक्षण कार्य ठप्प भएको छ । विषादी नजाँची बजारमा दैनिक उपभोग्य तरकारी तथा फलफूल बिक्रीवितरण भइरहेको छ ।

यसैबीच, उपभोक्ता जागरण अभियानको टोलीले मङ्गलबार विर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई भेटेर चार दिनदेखि बन्द रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । उपभोक्ता जागरण अभियानका सचिव विशाल थापाले प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरे ।

सो प्रयोगशाला सङ्घीय सरकारको कृषि मन्त्रालय मातहत रहेको र स्थानीय स्तरमा त्यसको सञ्चालनका लागि नगरपालिकाले एउटा मेसिन र दुई कर्मचारी खटाएको विर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । उनका अनुसार नगरपालिकालाई कुनै जानकारी नगराई सङ्घीय सरकारका तर्फबाट खटिएका दुई कर्मचारीले प्रयोगशालामा ताला लगाएको पाइएको छ । इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने तरकारी तथा फलफूलसमेत विर्तामोडको कृषि बजारमा ल्याइने गरेको छ । यही बजारबाट खुद्रा व्यवसायीले जिल्लाभर तरकारी तथा फलफूल पुर्याउने गरेका छन् ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?