Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित)


वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित)

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘वागमती प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ काठमाडौंमा शुरु भएको छ ।

यो प्रदर्शनी अन्य प्रदेशहरूमा सम्पन्न भएपछि वागमती प्रदेशको लागि अन्तिम चरणमा आयोजना गरिएको हो । प्रदर्शनीमा वागमती प्रदेशका सयौं कलाकारहरूका चित्रकला, मूर्तिकला, परम्परागत कला, समकालीन सिर्जना, हस्तकला तथा अन्य बहुआयामिक कलाकृतिहरू समावेश गरिएका छन् । यसमा २३० भन्दा बढी कलाकृतिहरू प्रदर्शनमा राखिएको बताइएको छ । प्रदर्शनीले प्रदेशका मौलिक, रैथाने तथा आधुनिक कलाहरूलाई एकै ठाउँमा प्रश्तुत गर्दै नेपाली ललितकलाको विविधता र सौन्दर्यलाई उजागर गर्ने लक्ष्य राखेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यो प्रदर्शनीलाई प्रादेशिक स्तरको कलाकारहरूको सिर्जनालाई राष्ट्रिय मञ्चसम्म पु¥याउने महत्वपूर्ण पुलको रूपमा लिएको छ । यसबाट छनोट हुने उत्कृष्ट कलाकृतिहरू पछि हुने राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ मा समावेश हुनेछन् । प्रदर्शनी अवधिभर दर्शकहरूले विभिन्न विधाका कलाकृतिहरूको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् ।

यो आयोजनाले स्थानीय तथा प्रादेशिक कलाकारहरूलाई प्रोत्साहन दिनुका साथै नेपाली कलाक्षेत्रमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ । प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा जारी रहनेछ ।

वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित)
वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित)


प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?