Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिँदै, मन्त्रीमण्डल बिस्तार पनि हुने


१७ श्रावण, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिने बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालयले शपथका लागि ११ बजेको समय निर्धारण गरेर तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

मुख्यमन्त्री थापाले अघिल्लो क्याबिनेटमा सहभागी हुनुभएका केही मन्त्रीहरू दोहोरिने प्रतिक्रिया दिएका छन् । आज विस्तार हुने मन्त्रिपरिषद्मा नेपाली काङ्ग्रेसबाट प्रदीप सुनुवार, नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु र नेकपा माओवादी केन्द्रबाट निवर्तमान सभामुख बाबुराम गौतमलाई समावेश गर्ने तयारी भइरहेको बताइएको छ । यद्यपि यस विषयमा अहिलेसम्म औपचारिक जानकारी भने गराइएको छैन ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार मङ्गलवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन प्राप्त काँग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । थापासँग सरकार गठन गर्न आवश्यक पर्ने न्यूनतम सङ्ख्या ४७ जना सांसदको समर्थन छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?