Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिँदै, मन्त्रीमण्डल बिस्तार पनि हुने


१७ श्रावण, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिने भएका छन् । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिने बताइएको छ ।

प्रदेश प्रमुखको कार्यालयले शपथका लागि ११ बजेको समय निर्धारण गरेर तयारी गरिरहेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिए ।

मुख्यमन्त्री थापाले अघिल्लो क्याबिनेटमा सहभागी हुनुभएका केही मन्त्रीहरू दोहोरिने प्रतिक्रिया दिएका छन् । आज विस्तार हुने मन्त्रिपरिषद्मा नेपाली काङ्ग्रेसबाट प्रदीप सुनुवार, नेकपा एकीकृत समाजवादीबाट कमल जबेगु र नेकपा माओवादी केन्द्रबाट निवर्तमान सभामुख बाबुराम गौतमलाई समावेश गर्ने तयारी भइरहेको बताइएको छ । यद्यपि यस विषयमा अहिलेसम्म औपचारिक जानकारी भने गराइएको छैन ।

प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार मङ्गलवार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थन प्राप्त काँग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए । थापासँग सरकार गठन गर्न आवश्यक पर्ने न्यूनतम सङ्ख्या ४७ जना सांसदको समर्थन छ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?