Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

छ महिनामै चार हजार आँखा रोगीको उपचार


१७ ,श्रावण ,ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् ।

छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ । आँखा जाँच, औषधि तथा चस्मा वितरण सेवालाई जिल्लामा सञ्चालित अस्पताल र गाउँगाउँका पालिकास्तरमै पुर्याइएको छ । जीवनभर कहिल्यै आँखा परीक्षण नगरेकाले समेत आँखा जाँच गराएर सेवा लिएका छन् भने आँखा नदेख्ने कतिपय शल्यक्रियापछि आँखा देख्ने भएका जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख टीका राईले जानकारी दिईन् ।

केन्द्रबाट दुई हजार नौ सय २२, ओखलढुङ्गा सामुदायिक अस्पतालमा रहेको केन्द्रबाट ६ सय ६९, खिजीदेम्बाको ग्रामीण आँखा केन्द्रबाट पाँच सय १२, मोतिराज ग्रामीण आँखा केन्द्र मानेभञ्ज्याङबाट तीन सय ४१ र लिखु ग्रामीण आँखा केन्द्रबाट दुई सय ८१ जनाले आँखाको उपचार गराएको उनले बताईन् ।

यस्तै केन्द्रले विगत ६ महिनामा रु ३८ लाख ५६ हजार आम्दानी गरेको छ । सेवा उपलब्ध गराउँदा रु ३३ लाख खर्च भएको प्रमुख राईले जानकारी दिनुभयो । सत्र वर्ष अघि स्थापना भएको उक्त केन्द्रमा सेवा लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदैगएको छ । मासिक झण्डै ६ सयको हाराहारीमा सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।

जिल्लामा आँखा जाँच तथा उपचार सेवा प्रभावकारी बन्दै गएको सिद्धिचरण नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा रेडक्रसका पूर्वसभापति मोहनकुमार श्रेष्ठले बताए । उनकै पहलमा जिल्लामा सामुदायिक आँखा उपचार केन्द्र स्थापना भएको हो । “हाल गाउँगाउँमा सेवा पुगेको छ”, श्रेष्ठले भने ।

विद्यार्थीको आँखा जाँच तथा उपचार कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । जीदेम्बा, मानेभञ्ज्याङ, लिखुलगायतका स्थानीय तहले आँखा केन्द्र स्थापना गरेर सेवा प्रवाह थालेका छन् ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?