Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘कर्णाली प्रदेश विद्युत् विधेयक’ सभामा टेबुल


१७ ,श्रावण ,कर्णाली । ‘कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा टेबुल गरिएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिजो बसेको २८औँ बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीलाई उक्त विधेयक सभासमक्ष टेबुल गर्न अनुमति दिएकि थिईन् ।

मन्त्री जिसीले सो विधेयक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १११ को उपनियम ३ बमोजिम सभासमक्ष टेबुल गरेका हुन् । उनका अनुसार प्रदेशस्तरमा उपलब्ध जलविद्युत्, नवीकरण र अन्य ऊर्जाका स्रोतको दिगोरूपमा अधिकतम र उचित परिचालनका माध्यमबाट विद्युत् उत्पादन, प्रसारण र वितरण प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो गुणस्तरीय सुरक्षित तथा सर्वसुलभरूपमा विद्युत् सेवा उपलब्ध गराउनका लागि कानूनी व्यवस्था गर्न आवश्यक भएकाले प्रदेश सरकारले विधेयक ल्याएको हो ।

उक्त बैठकमा प्रदेशसभा सदस्यले विशेष समयमा उठाएका सार्वजनिक सरोकारका विषयमा मन्त्री जिसीसहित भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले क्रमशः कर्णालीको प्राकृतिक विपद् प्रतिकार्यका लागि पूर्वतयारी, आवश्यक जनशक्तिको व्यवस्थापन, सामग्रीको जोहो र त्यसमा लाग्ने बजेटसहित प्रदेश सरकार तयारी अवस्थामा रहेका बारेमा जवाफ दिएका थिए ।

प्रदेशसभाको अर्को बैठक यही साउन २३ गते दिउँसो ३ बजे बस्नेछ ।


प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?