Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता


बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता

काठमाडौँ । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ ।

शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचारप्रसार सम्बन्धि सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकि रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो । सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको र अव यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनु भयो । उहाँले उम्मेदवारहरुलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि आयोग भनिसकेको बताउनु भयो ।

सहायक प्रवक्ता श्रीसले भन्नुभयो,‘निर्वाचन प्रचार प्रसार गर्ने समयनै फागुन ४ गतेबाट शुरु हुने हो । सो मितिबाट खाता सञ्चालन होस् भन्ने आयोगको अपेक्षा हो । आयोगले अहिले घोषणा पत्र र निर्वाचन बैंक खातालाई अलि बढी फोकस गरेको र प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ भनेर दललाई निर्देशनात्मक आदेश जारी गरेको पनि अहिले हो । यसमा हामी केही फेलेक्जिवल भएकै हो । किनभने ४ गतेबाट प्रचार प्रसार हुने अहिले बैंक खाता खोल्न उहाँहरु प्रचार प्रसार होमिसक्नु भयो । यसको सिफारिस दलले निर्वाचन आयोगबाट लिने र उ्रम्मेदवारले चाहीँ जिल्ला निर्वाचन कार्यालयबाट लिने अथवा प्रदेश निर्वाचन कार्यालयबाट लिनुपर्ने हो । किन त्यसो गरियो भन्दा यो हामीलाई रेकर्ड राख्नका लागि गरिएको हो । नभए निर्वाचन अधिकृतहरुको कार्यालयबाट पनि सिफारिस लैजान सक्नु हुन्थ्यो । हाम्रो स्थायी कार्यालय भनेको जिल्ला निर्वाचन कार्यालय हो । त्यसमा यो रेकर्ड रहन्छ । र पछि हाम्रो पहुँचमा त्यो रहन्छ भनेर त्यसो गरिएको हो । त्यसले गर्दा उम्मेदवारलाई सिफारिस लिन अलि गाह्रो पनि भएको हो कि । अर्को म के निवेदन गर्न चाहन्छु भने यो समयमा एकदमै धेरै पब्लिक होलिडे भयो । बैंक खाताहरु खोल्न अलि असहज पनि भयो । अघि छुटेको कुरा पनि मैले के थप गर्न चाहे भने हामीले यो बैंक खातालाइ खोल्ने कुरालाई कसरी उम्मेदवारलाई सहजीकरण गन सकिन्छ भनेर बैंकहरुका सिइियोहरुसँग छलफल गरेर उहाँहरुसँग समन्वय गरेर उहाँहरुले पनि सकेको सहयोग गर्छौ भनेर हामीलाई प्रतिवद्धता जनाउनु भएको छ । सोही अनुसार हामीले कसरी उम्ूमेदवारलाईं सजिलो हुन्छ, सोही अनुसार नै खाता खोल्ने भनेका छौ । त्यसमा चाँही यो ३ गते भित्र गरिदिएको भए राम्रो र यसमा लाग्ने खर्च त्यहीबाट ट्रान्जिक्शन गरिदिएको भए राम्रो भन्ने हाम्रो अपेक्षा हो । तापनि नखोलेको हो तत्काल खोल्नुस भनेर आयोगले अपेक्षा गरेको छ । र, त्यहीअनुसार निर्देशन जारी गरेको छ । यसमा केही दिन लाग्न देखिन्छ । १÷२ दिनमा खोल्नु हुन्छ होला । किनका आज शुक्रबार प¥यो । त्यही भएर आईतवार, सोमवारसम्ममा धेरैजसो उम्मेदवारहरुले खाता खोलिसक्नु हुन्छ भन्ने हाम्रो अपेक्षा हो । ‘

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?