Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न


सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न

काठमाडौँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ ।

शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । बाँकि रहेका ४ वटा प्रदेशहरुमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनु भयो । निर्वाचन आयोगले सबै जिल्लाहरुमा निर्वाचन सामग्रसहित मतपत्र ढुवानीको कामलाई तिब्रता दिएको हो । तोकिएको समय तालिकाभित्र सबै कामहरु सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ ।

आयोगकी सहायक प्रवक्ता श्रीसले भन्नुभयो,‘हामीले पहिलो हुने निर्वाचन तर्फका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मत पत्र छपाई र प्याकिङको काम ग¥यौ । त्यस्तै गरेर समानुपातिक मतपत्र छपाईको काम ग¥यौ । जसमा २ करोड ८ लाख ३० हजार मतपत्र छपाईको काम ग¥यौैँ । निर्वाचनका लागि मतपत्रहरु सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानीको काम सम्पन्न गरिसकेका छौ । अथवा सम्बन्धित ठाउँमा पु¥याइसकेका छौ । अब बाँकि रहेका ४ वटा प्रदेशमा पठाउने काम भइरहेको र भोली, पर्सी गरेर निर्वाचन आयोगले तयार गरेको कार्यतालिका भित्र नै निर्वाचन सामग्री र मतपत्र ढुवानीको काम पु¥याईसक्ने गरी हामीले काम गरिरहेका छौँ ।’

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मत पत्र छपाई गरेको छ ।


प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?