१७ भदाै, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ सुभाङको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ । यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ । बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । विगतमा समेत स–सानो पहिरो झर्ने गरेको यस स्थानमा यस वर्ष अत्यधिक वर्षा र
१७ ,भाद्र ,बलेवा (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो । सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ ।
१७ ,भाद्र ,रसुवा । अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छिन् । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले
१७ ,भाद्र ,बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले वर्षात् नरोकिँदा सडक सञ्चालन हुनसकेको थिएन । वर्षा कम
१७ ,भाद्र ,कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो । रोग
१७ ,भाद्र ,जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले आगामी दसैँको घटस्थपानाका दिनसम्म
१६,भाद्र ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु गरेको छ । देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले
१६,भाद्र ,बैतडी । विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् । स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक
१६ भदाै, गोरखा । गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम आज बिहान ८ बजे निष्क्रिय बनाएको हो । गोरखा–आँबुखैरनी सडक अन्तर्गत पर्ने मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा फेला
१६ भदाै, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमीका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटिसियन र