Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

गोरखा बजारमा भेटिएको बम सेनाद्वारा डिस्पोज


१६ भदाै, गोरखा । गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम आज बिहान ८ बजे निष्क्रिय बनाएको हो । गोरखा–आँबुखैरनी सडक अन्तर्गत पर्ने मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा फेला पारेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज विष्टले जानकारी दिए ।

शङ्कास्पद बस्तु निष्क्रिय पारिएसँगै केहीबेरपछि नै सहज रूपमा सडक सञ्चालनमा आएको छ । बिहान ४ बजे नै मर्निङवाक गएका स्थानीयले शङ्कास्पद बस्तु फेला पारेको भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?