Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा


१७ ,भाद्र ,जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले आगामी दसैँको घटस्थपानाका दिनसम्म भए पनि विद्युत्गृहमा बिजुली बाल्ने तयारी भएको जानकारी दिए ।

चुकेनी आयोजनाको प्रगतिबारे जानकारी लिन कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहितको टोली शुक्रबार आयोजनास्थलमा पुगेर अनुगमनसमेत गरेको छ ।

सो टोलीलाई निर्माणको जिम्मेवारी पाएको फेवा कन्स्ट्रक्सन प्रालि र वैकल्पिक ऊर्जाको टिमले दसैँसम्म पावरहाउसमा बिजुली बाल्ने गरी काम तीव्रगतिमा भइरहेको जानकारी दिएको छ ।

इन्जिनियर थपलियाका अनुसार आयोजनाको जेनेरेसनको काम ८५ प्रतिशत र लाइन विस्तार गर्ने काम गत आर्थिक वर्षको अन्तिमतिर नै सम्पन्न भइसकेको छ ।

आयोजनाको बिजुली यहाँका गाउँ–गाउँमा पुग्न अझै एक वर्ष जति समय लाग्ने उनको भनाइ छ ।

उक्त आयोजनामा वैकल्पिक ऊर्जाको रु ३१ करोड लगानी छ भने गाउँपालिका र स्थानीय जनताको रु १३ करोड लगानी छ ।

जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घर जग्गाको लालपुर्जा धरौटीमा राखेर रु छ करोड बराबरको सेयर लगानी गरेको चुकेनीखोला सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए ।

सो अवसरमा प्रदेशसभा सदस्य शाहीले चुकेनी जलविद्युत्ले जिल्लाको विद्युत् सेवामा निकै महत्त्वपुर्ण भमिका खेल्ने बताए ।

यसैबीच जिल्लामा प्रसारण लाइन पुग्ने पनि स्थानीयवासीलाई राम्रोसँग सेवा प्रवाह दिन सकेको छैन । चुकेनी जलविद्युत्लाई थप स्तरवृद्धि गर्नका लागि प्रदेश सकारसँग बजेटको माग गरिने भएको छ ।

जनताले तिर्नुपर्ने सेयर सांसद विकास कोषबाट भए पनि दिन तयार रहेको उनको भनाइ छ । चुकेनीखोलाको बिजुली छिटोभन्दा छिटो उत्पादन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराको भनाइ छ ।

नौ सय ९८ किलोवाट क्षमता रहेको आयोजनाबाट बिजुली उत्पादन हुने पातारासी गाउँपालिकाले जनाएको छ ।

विसं २०७६ जेठ १० गते सम्झौता भई आयोजनाको काम अगाडि बढेको थियो । अठार महिनाभित्र सकिने आयोजनाको काम कोरोना र अन्य कारणले चार वर्ष पार गरिसक्दा पनि निर्माण सम्पन्न हुनसकेको छैन ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?