Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’


१७ ,भाद्र ,कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो ।

रोग देखिएलगत्तै किसानको समस्या समाधान गर्न सो किसानसँग सरकार कार्यक्रमअन्तर्गत एकीकृत प्रयोगशाला सुर्खेतका विज्ञसहितको प्राविधिक टोली सल्यान, बागचौर नगरपालिका–९ स्थित सुन्तला किसानको बगैँचामा पुगेको थियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश नेतृत्व, एकीकृत कृषि प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको सहकार्य तथा कृषि विकास कार्यालय सल्यानको व्यवस्थापनमा शुक्रबार किसानसँग अन्तक्र्रिया गर्दै मन्त्री शर्माले जिल्लाको पहिचानको रूपमा रहेको सुन्तला जातमा देखिएको समस्या समाधान गर्न सुन्तला बगैँचा सुदृढीकरण अभियान तथा बगैँचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए ।

सुन्तलाको पकेट क्षेत्र कोटमौलामा देखिएको रोगको उपचारका लागि प्राविधिक लिएर सम्बन्धित स्थलमा पुगिएको उनले बताए ।

मन्त्री शर्माका अनुसार किसानलाई तालिम दिएर रोग नियन्त्रणका लागि विषादी वितरण तथा प्रयोगको विषयमा बगैँचामै पुगेर कार्यक्रम अगाडि बढाइएको हो ।

टोलीले रोग नियन्त्रणमा लिन तीन सय ५० किसानलाई ‘कपर अक्सिक्लोराइडयुक्त’ विषादी वितरण गरेको थियो ।

बढी ओसिलो र न्यानो वातावरण भएको असार–भदौसम्म सुन्तलाका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए ।

“सुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने तर पछि विस्तारै रोगले ग्रसित हुँदै जान्छ”, उनले भने, “वर्षा सकिएपछि विस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जान्छ र पछि सुक्न थाल्ने लक्षण देखिन्छ ।”


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?