Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’


१७ ,भाद्र ,कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो ।

रोग देखिएलगत्तै किसानको समस्या समाधान गर्न सो किसानसँग सरकार कार्यक्रमअन्तर्गत एकीकृत प्रयोगशाला सुर्खेतका विज्ञसहितको प्राविधिक टोली सल्यान, बागचौर नगरपालिका–९ स्थित सुन्तला किसानको बगैँचामा पुगेको थियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश नेतृत्व, एकीकृत कृषि प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको सहकार्य तथा कृषि विकास कार्यालय सल्यानको व्यवस्थापनमा शुक्रबार किसानसँग अन्तक्र्रिया गर्दै मन्त्री शर्माले जिल्लाको पहिचानको रूपमा रहेको सुन्तला जातमा देखिएको समस्या समाधान गर्न सुन्तला बगैँचा सुदृढीकरण अभियान तथा बगैँचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको बताए ।

सुन्तलाको पकेट क्षेत्र कोटमौलामा देखिएको रोगको उपचारका लागि प्राविधिक लिएर सम्बन्धित स्थलमा पुगिएको उनले बताए ।

मन्त्री शर्माका अनुसार किसानलाई तालिम दिएर रोग नियन्त्रणका लागि विषादी वितरण तथा प्रयोगको विषयमा बगैँचामै पुगेर कार्यक्रम अगाडि बढाइएको हो ।

टोलीले रोग नियन्त्रणमा लिन तीन सय ५० किसानलाई ‘कपर अक्सिक्लोराइडयुक्त’ विषादी वितरण गरेको थियो ।

बढी ओसिलो र न्यानो वातावरण भएको असार–भदौसम्म सुन्तलाका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए ।

“सुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने तर पछि विस्तारै रोगले ग्रसित हुँदै जान्छ”, उनले भने, “वर्षा सकिएपछि विस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जान्छ र पछि सुक्न थाल्ने लक्षण देखिन्छ ।”


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?