Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गण्डकीका सात सय ५९ वडामा सुरु भयो माओवादीको रुपान्तरण अभियान


१६,भाद्र ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु गरेको छ ।

देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले बताए ।

अभियानका लागि माओवादीले गण्डकीमा पार्टीका केन्द्रीय सदस्यहरूलाई पालिका र प्रदेश कमिटीका सदस्यहरूलाई वडामा जिम्मेवारी दिएर पठाइएको छ ।

इन्चार्ज पौडेलले अभियान गण्डकी प्रदेशमा उत्साहपूर्ण तवरले सुरु भएको बताए ।

उद्घाटन समारोहमा विभिन्न गीत, सङ्गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रम उल्लासमय बनाइएको थियो ।

अभियानको तयारीका भदौ पहिलो सातादेखि नै नेता–कार्यकर्ता आन्तरिक तयारीमा खटिएका थिए ।

इन्चार्ज पौडेलले भन्नुभयो, “प्रदेशका सम्पूर्ण वडामा आज एकैसाथ अभियानको शुभारम्भ भएको छ ।

पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह थपिएको छ । सबै वडाले कार्ययोजना बनाएका छन्, सोहीअनुसार तीन महिनासम्म प्रत्येक घर–घरमा पुग्ने गरी अभियान सञ्चालन हुन्छ ।”

जनतासँग माओवादी अभियानअन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय माओवादीले गरेको छ ।

सोहीअनुसार प्रदेशका इन्चार्जसमेत रहेका सचिव पौडेलले पोखरा महानगरपालिका–२० भलाममा अभियानको उद्घाटन गरे ।

सो अवसरमा नेता पौडेलले विगतमा भए गरेका गल्तीहरू सच्याउँदै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे ।

उनले भने, “जनताको बीचमा जाऔँ, जनताका कुरा सुनौँ, आलोचना सहौँ भनेर अभियान सुरु गरेका छौँ । पार्टी बनाउनका लागि हामी सबै अब सच्चिर अघि बढ्नु पर्दछ ।”

नेता पौडेलले अभियानका क्रममा जनताका घर–घरमा जाने, टोलमा जाने, श्रममा जोडिने, सदस्यता वितरण गर्ने आलोचना सुन्ने र जनताबाट सुझाव लिने गरी कार्ययोजना बनाइएको बताए ।

अभियानले पार्टीका सम्पूर्ण नेता, कार्यकर्तासहित जनतामा समेत उत्साह छाएको उनले बताए ।

“सरकारले सुशासनको पक्षमा काम गर्दा जनताले सम्मान गरेका छन् । कहीँकतै आलोचना पनि गरे होलान् । तर आलोचनाबाट डराउन हुँदैन । विरोध र असहमति ग्रहण गर्दै अघि बढ्नु आवश्यक छ”, पौडेलले भने ।

उनले गण्डकी प्रदेशका पार्टीका सबै सदस्यलाई देश, पार्टी र राष्ट्रियताको पक्षमा उभिदै जनताका दुःख, सुखमा तथा विकास निर्माणका काममा सधैँ साथमा रहन आग्रह गरे ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?