Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बेपत्ता शिक्षकको अवस्था अज्ञात, खोजीका लागि प्रहरी परिचालन


१६,भाद्र ,बैतडी । विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् ।

जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर नफर्केका र उहाँले लगाएका चप्पल स्थानीय गन्नीगाडमा नजिकै फेला परेको छ ।

प्रहरी निरीक्षक केसीले भने, “बेपत्ता शिक्षकको अवस्था अज्ञात छ, खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन ।”


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?