काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ । डेंगु संक्रमण पुष्टि भएपछि उपराष्ट्रपति यादव नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।
२५ ,असोज ,मष्टा (बझाङ) । बझाङमा गएराति पुनः भूकम्पको धक्का महसुस गरिएको छ । मष्टा गाउँपालिकाको भातेखोला केन्द्रविन्दु भएर गएराति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो म्याग्निच्युटको भूकम्प गएको जानकारी
२५ ,असोज ,कास्की । पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक
२५ ,असोज ,कर्णाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आयोगका सुर्खेत कार्यालय प्रमुख माधवप्रसाद पोखरेलले नेपालको संविधानको धारा २९४ को परिच्छेद ८ बमोजिम प्रदेश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् । थापाले राज्यव्यवस्था समितिको बैठकमा बोल्ने क्रममा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने बताउदै अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको बताए । दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने
काठमाडौं । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बिहान पदाधिकारी बैठक बोलाएको छ । प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार, शुक्रबार बिहान ८ बजे बोलाइएको बैठकले कोशी सरकारबारे समेत निर्णय लिने र त्यसैदिनको पदाधिकारी बैठकले कोशी सरकार गठनबारे के गर्ने भन्ने
काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले हमास समूहको आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको झै खोजी कार्य भइहेको छ । दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालहरुमा खोजी गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम
गण्डकी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमिल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । कार्यालय प्रमुख तिमिल्सिनाले आव २०७९/८० मा
कास्की । कास्की जिल्लामा पछिल्ला दिनमा डेङ्गुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेङ्गु भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११