Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् । थापाले राज्यव्यवस्था समितिको बैठकमा बोल्ने क्रममा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने बताउदै अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको बताए । दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था समेत बनेको उनको धारणा रहेको छ ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयक माथिको छलफलका क्रममा समितिमा ‘नियुक्तिकको मापदण्ड, यसको प्रक्रियालाई नबदलिकन यसले परिणाम दिँदैन,’ नियुक्ति प्रक्रियाको मापदण्ड बदल्नै पर्ने उनले बताए । उनले क्षेत्राधिकारमा ‘अनुचित कार्य’को सम्बन्धमा त्यसको व्याख्या स्पष्ट विधेयकमा खुल्नुपर्ने बताए । राष्ट्रिय सर्तकर्ता केन्द्रलाई पनि अख्तियार अनुसन्धान आयोग भित्रै ल्याएर अनुचित कार्य हेर्ने गरि व्यवस्था गर्न आफ्ना तर्क समेत राखे । नीतिगत निर्णय के हो र ? भनि कानुनमै स्पष्ट खुल्नुपर्ने उनको मत रहेको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?