Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


काठमाडौं । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३, निर्जीवन बीमा समूह शून्य दशमलव ०६ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै एक दशमलव ८० र म्युचुअल फन्ड एक दशमलव ०७ प्रतिशतले बढेको छ । एक सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै सिटी होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य चार दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मान्डु हाइड्रोपावर लिमिटेडको रू चार करोड ८० लाख ९० हजार आठ सय १६ बराबरको किनबेच भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एक लाख ६६ हजार सात सय २९ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?