Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


काठमाडौं । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३, निर्जीवन बीमा समूह शून्य दशमलव ०६ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै एक दशमलव ८० र म्युचुअल फन्ड एक दशमलव ०७ प्रतिशतले बढेको छ । एक सय ३७ कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै सिटी होटल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य चार दशमलव २१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मान्डु हाइड्रोपावर लिमिटेडको रू चार करोड ८० लाख ९० हजार आठ सय १६ बराबरको किनबेच भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको एक लाख ६६ हजार सात सय २९ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?