Trending
>>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

कास्कीमा एक हजार चार सय बढीमा डेङ्गु


कास्की । कास्की जिल्लामा पछिल्ला दिनमा डेङ्गुको सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म एक हजार चार सय ८१ मा सङ्क्रमण पुष्टि भएको छ । केही दिनयता पोखराका अस्पतालमा डेङ्गु भएर उपचारका लागि आउनेको सङ्ख्या दैनिक बढ्दै गएको जनाइएको र स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ११ जना डेङ्गुका बिरामी उपचाररत रहेका छन् । त्यसमध्ये दुईको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले बताए । अहिले दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढिरहेको, पानी पर्न नरोकिएकाले अझै केही दिन सङ्क्रमण बढ्ने र सङ्क्रमितमा उच्च ज्वरो आउने, मांशपेशी दुख्ने, टाउँको दुख्ने, आँखा वा आँखाका गेडी दुख्ने, वान्ता हुने, थकान तथा बेचैनी हुने, जोर्नी दुख्ने लक्षण देखिने गरेका उनले बताए ।

स्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले सङ्क्रमणबाट बच्नका लागि सचेतना नै महत्वपूर्ण हुने जनाउँदै लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताए । उनले सङ्क्रमण बढ्दै गएकोले डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उपयुक्त उपाय हो । यसका लागि पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, एसी, कुलरबाट जम्मा हुने पानी दैनिक परिवर्तन गर्नेलगायत कुरा सबैलाई जानकारी गराउन आग्रह गरे । उनले पोखरामा वडा कार्यालय, विभिन्न सङ्घ संस्थाले डेङ्गु सचेतनाका कार्यक्रम गर्दै आइरहेको र सङ्क्रमण बढेपछि लामखुट्टेको ‘सर्च एण्ड डिस्ट्रोय’ कार्यक्रम सञ्चालन गरिएको समेत बताए । गण्डकी प्रदेशमा हालसम्म छ हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लामध्ये हालसम्म तनहुँ र कास्कीमा डेङ्गु सङ्क्रमणदर उच्च छ भने मुस्ताङ बाहेकका अन्य सबै जिल्लामा सङ्क्रमण देखिएको छ ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?