Trending
>>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

प्रदेश प्रमुख समक्ष अख्तियारको प्रतिवेदन


गण्डकी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमिल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् । कार्यालय प्रमुख तिमिल्सिनाले आव २०७९/८० मा छानबिनमा रहेका कूल एक हजार चार सय ४२ उजुरीमध्ये नौ सय ७८ उजुरी ६७ दशमलव ८२ प्रतिशत फछ्र्यौट भई चालु आवका लागि चार सय ६४ उजरी जिम्मेवारी सरेर आएको जानकारी दिए । उजुरी परेका क्षेत्रमध्ये सङ्घीय मामिला स्थानीय तहसमेतका ३५दशमल९५ प्रतिशत, शिक्षा स्थानीय तह समेतका १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित छ दशमलव ०९ प्रतिशतलगायत रहेको उनको भनाइ थियो ।

आर्थिक वर्ष २०७९/८० मा विस्तृत अनुसन्धानबाट भएको कारबाहीअन्तर्गत एक सय ६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय भएको कार्यालय प्रमुख तिमिल्सिनाले बताए । दायर मुद्दामध्ये सबैभन्दा बढी ६४ मुद्दा गैरकानुनी लाभहानीसंग सम्बन्धित थियोे । प्रदेश प्रमुख गुरुङले सबै आधार जुटाएर कारबाही बढाउनुपर्ने कार्य चुनौतीपूर्ण भए पनि संविधान र व्यवस्थाप्रति जनताको आस्था जगाउने गरी काममा क्रियाशील हुन आग्रह समेत गरे ।


प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?