३१ ,श्रावण ,म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना
३१ ,श्रावण ,कास्की । गण्डकी प्रदेश सरकारले मिर्गौलाका बिरामीका लागि डायलासिस सेवालाई सहज बनाउँदै लगेको छ । अस्पतालको क्षमता विकासका लागि मेसिन, उपकरण र जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउन लागिएको हो । हाल प्रदेशभित्रका नौ सरकारी र छ निजी गरी १५ अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा सञ्चालनमा छ
३१ ,श्रावण ,भैरहवा (रूपन्देही) । मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले
३१ श्रावण, ताप्लेजुङ । यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा घुमघाम गर्नेलाई मोहित बनाएको छ । उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल ९केन्जो० फूललाई लिन सकिन्छ । केन्जो फूल झट्ट देख्दा मानसपटलमा काठमाडौँमा नयाँ
३१ श्रावण, पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले उक्त अभियान सुरु गरेको बताएका हुन्। “पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल
३१ श्रावण, महेन्द्रनगर । ४२ परिवारको बसाइँ रहेको कुतियाकवर दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो
३१ श्रावण, कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए । न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०/८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा
३१ श्रावण, धनगढी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान केन्द्रित गरेको बताए । प्रतिपक्षी एमालेविरुद्ध विचित्रको मनोविज्ञान देखाउने गरिएको चर्चा गर्दै उनले भने,
३१ श्रावण, चितवन । रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ। गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले चौबिसै घन्टा बिजुली बाल्न पाएका छन् । उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरे। लामाका अनुसार
३१ श्रावण, पर्वत । गाउँमा जुवातास, लागुपदार्थ र घरेलु हिंसाका घटना बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिका–१ ले जुवातास खेल्ने र खेलाउने दुवैलाई जरिवाना तिराउने निर्णय गरेको छ । बाँसखर्कस्थित वडा कार्यालयमा मङ्गलबार बसेको बैठकले जुवातास, मदिरा र लागुपदार्थ नियन्त्रण अभियान चलाउने निर्णय गर्दै जरिवाना रकमसमेत टुङ्गो लगाएको हो । वडाध्यक्ष जकबहादुर