Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

पोखराको सङ्क्रामक अस्पतालमा २५ श्ययाको डायलासिस केन्द्र


३१ ,श्रावण ,कास्की । गण्डकी प्रदेश सरकारले मिर्गौलाका बिरामीका लागि डायलासिस सेवालाई सहज बनाउँदै लगेको छ ।

अस्पतालको क्षमता विकासका लागि मेसिन, उपकरण र जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउन लागिएको हो ।

हाल प्रदेशभित्रका नौ सरकारी र छ निजी गरी १५ अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा सञ्चालनमा छ ।

मिर्गाैला रोगका बिरामीको सङ्ख्या बढ्दै जाँदा डायलासिस सेवा लिने बिरामीको सङ्ख्या बढ्दो छ तर स्वास्थ्य उपकरण सीमित छन् ।

प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेशका पाँच सय ७६ बिरामीले डायलासिसको सेवा लिइरहेका छन् ।

त्यसैगरी तीन सय तीन जना सेवाको पर्खाइमा छन् । मन्त्रालयले डायलासिसको सेवाको पर्खाइमा रहेकालाई शून्यमा झार्ने योजना अघि सारेको छ ।

सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले आज मन्त्रालयमा आयोजना गरिएको एक सय दिनका उपलब्धि सार्वजनिक कार्यक्रममा डायलासिस सेवालाई सहज र छिटोछरितो बनाउने गरी काम अघि बढाएको बताईन् ।

उनका अनुसार प्रदेश सरकारको आफ्नै लगानीमा स्थापना भएको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा डायलासिस सेवाका लागि २५ श्यया क्षमताको डायलासिस केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

मन्त्री सिंखडाले भनिन्, “सरकार डायलासिस सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था आउन नदिन र नागरिकले सहज सेवा प्राप्तिको प्राथमिकताका साथ काम गरिरहेको छ । सङ्क्रामक अस्पतालमा आवश्यक जनशक्ति, औजार, उपकरण र पूर्वाधार तयारी गरेका छौँ ।”

मन्त्रालयका अनुसार डायलासिस केन्द्र सञ्चालन र सेवा प्रदान गर्नका लागि १४ जना स्टाफ नर्सलाई काठमाडौँ पठाएर तालिम प्रदान गरी उनले सेवा दिन सुरु गरेको जनाएको छ ।

प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका लागि ४८ जनाको अस्थायी दरबन्दी मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

मन्त्रालयले डायलासिस मेसिन खरिद गरेर पोखरासहित अन्य जिल्ला अस्पतालमा समेत पठाएकाले आगामी तीन महिनाभित्रमा सेवा सहज हुने बताइन्छ ।

प्रदेशअन्तर्गतका सबै अस्पतालमा सेवा सञ्चालन भएको र दमौली, लमजुङ, स्याङ्जा र पर्वत जिल्ला अस्पतालमा दुई/दुई थान डायलासिस मेसिन थप गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस अवधिमा आकस्मिक सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउन १०२ टोल फ्रि नम्बर सञ्चालन गर्ने गरी ‘एम्बुलेन्स डिस्प्याच सेन्टर’ सुरु गरिएको, जटिल अवस्थाका गर्भवती र सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धारलाई मन्त्रालयले निरन्तरता दिइएको जनाएको छ ।

त्यसैगरी १० वर्ष मुनि र ६० वर्षमाथिका नागरिकलाई प्रदेशअन्तर्गतका सरकारी अस्पतालमा हुने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरिएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?