Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश


३१ श्रावण, कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गरेका थिए ।

न्यायाधीश नवराज थपलियाको एकल इजलासले आर्थिक वर्ष २०८०/८१ को कुनै पनि बजेट कार्यान्वयन नगर्न विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिएको हो । नगरप्रमुख कमलबहादुर शाही र नगर उपप्रमुख गणेशबहादुर शाहीविरुद्ध यही साउन ११ गते नगरपालिकाका वडाध्यक्षले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सार्वजनिक गरिएको बजेटमा वडाका कुनै योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, जनतामुखी नभई जनप्रतिनिधिमुखी बजेट बनाएकोलगायतका विषयमा नगरपालिकाका ११ वडाध्यक्षको समर्थनमा नौ जनाले उजुरी दिएको वडा नं ४ का वडाध्यक्ष प्रमानन्द आचार्यले जानकारी दिए । “नगरपालिकाले असार १० गते पास गरेका योजना नपरेपछि हामी अदालत गएका थियौँ”, उनले भने, “अहिले अदालतले कार्यान्वयन नगर्न फैसला गरेको छ ।”


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?