Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

रोशीमा केन्द्रीय प्रसारण लाइनको बिजुली


३१ श्रावण, चितवन । रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ।

गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले चौबिसै घन्टा बिजुली बाल्न पाएका छन् ।

उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरे। लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रीय विद्युत् लाइन जोडिसकिएको थियो ।

‘एक सय ७३ घरमा केन्द्रीय प्रसारण लाइन जडान भइसक्यो, अब वडामा बाँकी आठ घरमा छिट्टै पुर्याउनेछौँ,’ लामाले भने।

यसअघि सो वडाका बासिन्दाले लघुविद्युत्बाट बिजुली बाल्दै आएका थिए। केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय निकै खुसी भएका छन्।

राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै विद्युत् आउने भएपछि कुटानी पिसनानीका लागि अन्यत्र जानु नपर्ने तथा उद्यमसमेतका लागि निकै उपयोगी भएको स्थानीय रामबहादुर लामाले बताए।

पाँच करोडमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताए।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?