Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

प्रदेश समाचार


बाढीले बगायो नेपाल-भारत सीमास्तम्भ

२३ श्रावण, कैलाली । कैलालीको मोहना नदीमा आएको बाढीले नेपाल–भारत सीमास्तम्भ बगाएको छ । बाढीले धनगढी उपमहानगरपालिका–९ स्थित भैंसीघाटमा रहेको एउटा सीमास्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । ७४८-३ नम्बरको सो सीमास्तम्भ पहिल्यैदेखि कटानको जोखिममा थियो । कटानको जोखिममा परेको सीमास्तम्भ जोगाउनका लागि नेपाल, भारत

कुईकाल्ले देवीको मूर्ति चोरी

२३ श्रावण, अछाम । अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए । जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै

पहिरोका कारण भासियो भीमदत्त राजमार्ग

२३ श्रावण, काठमाडाैँ । तीन दिनदेखि परेको लगातार वर्षाका कारण भीमदत्त राजमार्गमा पहिरो गएपछि अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरोले सडक पूरै भासिएपछि यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले डोजरको प्रयोगले अहिले

सुतिरहेकी आमाको हत्या गर्ने छोरा पक्राउ

२३ श्रावण, सल्यान । सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन् । मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लट्ठीले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय

कान्छी श्रीमतीको हत्या गरेर श्रीमान् फरार

२३ श्रावण, इलाम । इलामको सूर्योदय नगरपालिकामा श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् । सूर्योदय नगरपालिका २ सयपत्री टोलमा पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङले आफ्नै कान्छी श्रीमतीको हत्या गरी फरार भएका हुन् । तामाङ स्थानीय डोमा शेर्पाको घरमा डेरा गरिबस्ने गरेका थिए । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रकाश

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

२३ श्रावण, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि बिहान ९ः३०  बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । सो पहिरो आएको केही समयपछि  पाँच सय मिटर

बाढीबाट गोदावरीधामका मठमन्दिरमा क्षति

२३ श्रावण, कैलाली । गए रातिको वर्षासँगै कैलालीको गोदावरी नदीमा आएको बाढीले गोदावरीधाम परिसरमा रहेका मठमन्दिरमा क्षति पुर्याएको छ । नदीमा आएको बाढीले धाम परिसरमा श्राद्ध गर्न बनाइएको कुण्ड, पिण्डस्थलका साथै श्रीयन्त, विष्णु मन्दिर, शिवमन्दिर, बटुक बस्ने घरलगायतका संरचनामा क्षति पुर्याएको छ । धेरै संरचना बाढीले बगाएर ल्याएको काठ, ढुङ्गा र

लम्पी स्किन : एक लाख बढी गाईभैँसीलाई खोप

२३ श्रावण, गण्डकी। गण्डकी प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो । यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

२३ श्रावण, काठमाडाैँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला

पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म आउन दिन माग

२३ श्रावण, चितवन । पूर्वी चितवनबाट नारायणगढसम्मको यात्रालाई एउटै सवारी साधनमा पुग्ने व्यवस्था मिलाउन माग गरिएको छ । नेकपा (एमाले)का पूर्वी चितवनबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र नेताले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारीसाधनलाई नारायणगढसम्मै जान दिन माग गरेका हुन् । नारायणगढसम्म आउन दुई सवारीसाधन प्रयोग गर्नुपर्ने र खर्च पनि बढी हुँदा यात्रु

सम्वन्धित समाचारहरु