Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सुतिरहेकी आमाको हत्या गर्ने छोरा पक्राउ


२३ श्रावण, सल्यान । सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

मङ्गलवार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लट्ठीले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले हत्या गरेको आरोपमा नवीनलाई नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार हत्याको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान कार्य अघि बढाएको प्रहरीको भनाइ छ ।

जिल्लामा पछिल्लो समय आपराधिक घटना बढ्दै जान थालेका छन् । तीन दिन अघि मात्र शारदा नगरपालिका १४ मा एक महिलाको मकैबारीमा घाँस काट्न गएकी महिलाको घाँटी रेटी हत्या भएको थियो ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?