Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न


२३ श्रावण, काठमाडाैँ । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

भारी वर्षात्का कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, गौरीघाट, गुह्वेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए । उनले भने, “भारी वर्षाले काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेका छन्, डुबान भएका क्षेत्रमा हाम्रो प्रहरी टोली बिहानैदेखि खटिएको छ, सचेतनाका लागि बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्ने र माइकिङ भइरहेको छ ।”

यसैगरी भारी वर्षाका कारणसडक, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढेकाले बिहान ११ः०० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीकै कारण काठमाडौँको सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । अबिरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आकलन गरेर ठाउँ–ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?