Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कुईकाल्ले देवीको मूर्ति चोरी


२३ श्रावण, अछाम । अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए ।

जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै रहेको मूर्ति एक वर्षको अवधिमा गायब भएको हो । मन्दिरका मूल पुजारी कमल आचार्यका अनुसार गत वर्षको जनैपूर्णीमाको दिनसम्म मन्दिरमा भएको मूर्ति अहिले नभेटिएको हो ।

दुई वटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति छ । मूर्ति चोरी भएको हुनसक्ने स्थानीयको आशङ्का छ । ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो ।

मूर्तिको खोजिकार्य सुरु भएको पूर्व वडाध्यक्ष ताराप्रसाद खनालले बताउनुभयो । मूर्ति हराएको विषयमा प्रहरीलाई कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

उक्त मूर्ति आजभन्दा १३० वर्ष पहिले पनि हराएको थियो । स्थानीय सर्जनबहादुर शाहीले वि.स. १९५० सालमा हराएको मूर्ति ६ वर्षपछि १९५६ सालमा मन्दिर नजिकैको पानीको तलाउमा भेटिएको बताए ।

कुईकाल्ले देवीलाई यस क्षेत्रमा ठुलो विश्वास गर्ने गरिन्छ । बाजुराको बडी मालिकाकै अंशको रूपमा उक्त मन्दिर चिनिँदै आएको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?