Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

कुईकाल्ले देवीको मूर्ति चोरी


२३ श्रावण, अछाम । अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए ।

जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै रहेको मूर्ति एक वर्षको अवधिमा गायब भएको हो । मन्दिरका मूल पुजारी कमल आचार्यका अनुसार गत वर्षको जनैपूर्णीमाको दिनसम्म मन्दिरमा भएको मूर्ति अहिले नभेटिएको हो ।

दुई वटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति छ । मूर्ति चोरी भएको हुनसक्ने स्थानीयको आशङ्का छ । ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो ।

मूर्तिको खोजिकार्य सुरु भएको पूर्व वडाध्यक्ष ताराप्रसाद खनालले बताउनुभयो । मूर्ति हराएको विषयमा प्रहरीलाई कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।

उक्त मूर्ति आजभन्दा १३० वर्ष पहिले पनि हराएको थियो । स्थानीय सर्जनबहादुर शाहीले वि.स. १९५० सालमा हराएको मूर्ति ६ वर्षपछि १९५६ सालमा मन्दिर नजिकैको पानीको तलाउमा भेटिएको बताए ।

कुईकाल्ले देवीलाई यस क्षेत्रमा ठुलो विश्वास गर्ने गरिन्छ । बाजुराको बडी मालिकाकै अंशको रूपमा उक्त मन्दिर चिनिँदै आएको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?