Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पहिरोका कारण भासियो भीमदत्त राजमार्ग


२३ श्रावण, काठमाडाैँ । तीन दिनदेखि परेको लगातार वर्षाका कारण भीमदत्त राजमार्गमा पहिरो गएपछि अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत कैलालीको खानीडाडास्थित सेल्फीडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरोले सडक पूरै भासिएपछि यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले डोजरको प्रयोगले अहिले राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ ।

यसैगरी, कैलालीको गोदावरी नदीमा एक्कासि बाढी आई फसेका छ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमबार राति आएको बाढीका कारण गोदावरी मन्दिर क्षेत्र नदीको बीच भागमा फसेका छ जनाको उद्धार गरिएको हो ।

सोमबार रातिको आएको बाढीले कैलालीका दक्षिण पूर्वी क्षेत्रका चार पालिकाका केही भूभाग डुबानमा परेका छन् भने करिब पाँच सय घरधुरी प्रभावित भएको जनाइएको छ ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?