१ असार ,गण्डकी । कास्की जिल्ला अन्तरपालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा बिहीबार सम्पन्न फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँपालिकालाई ३–१ गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । फाइनल खेल पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भएको हो । उपाधिसँगै अन्नपूर्णले
३२ जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले यस्तो निर्णय गरेको हो । महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिए । उहाँले उपयुक्त
३२ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ग्राहकलाई हाल वितरण गर्दै आएको खानेपानीको परिमाण बढाउँदै जाने योजना बनाएको छ । वर्षाको समयमा आन्तरिक स्रोतबाट उत्पादन हुने पानी बढ्ने र मेलम्चीको पानी नियमित हुँदा उपभोक्तालाई थप पानी वितरण गर्न सकिने लिमिटेडले जनाएको छ । अहिले दैनिक वितरण नभए पनि
३२ जेठ, नुवाकोट । बेलकोटगढी नगरपालिका-२ लामाचौरमा सडक माथिबाट झरेको पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ । सडकको नाला सफा गर्ने क्रममा पहिरो झर्दा बिहीबार बेलकोटगढी-१२ का ३२ वर्षीय मनकुमार तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा पठाइएको छ ।
३२ जेठ, दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ
३२ जेठ, झापा । बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहोर सङ्कलन गर्न थालेको छ। नगरमा सङ्कलन भएको फोहोरबाट बायोग्याँस उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन्। कुहिने र नकुहिने
३२ जेठ, पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले बजेटमार्फत साना योजना विनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले अग्रिम जानकारी गराउँदा पनि सङ्घ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै पाँच लाख रुपैयाँ मुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पारेका हुन् । बिहिबार
३२ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले हिसान शैक्षिक मेला बन्द गराएको छ । स्थानीय तहसँग समन्वय नगरी मेला चलाएको र एईईको रिजल्ट प्रकाशित नहुँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो । मेला बन्द गराउन नगर प्रहरीको टोली पुगेको थियो । असार ३ गतेसम्म
३२ जेठ, कैलाली । कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडको ९ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन् । गत फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना उक्त दिनदेखि लापत्ता भएको परिवारलाई उद्धृत गर्दै गोरखापत्रले लेखेको छ
३२ जेठ, धनुषा । धनुषाको मिथिला विहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । मिथिला विहारी नगरपालिका–७ स्थित तारापट्टी चोकमा मिथिला विहारी नगरपालिका–६ का अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत् सर्ट भई आगलागी भएको तारापट्टी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रामनाथ यादवले बताए