Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


३२ जेठ, दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) किशोर लम्सालले ट्याक्टर दुर्घटनामा चार जना घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका –१ कि अन्दाजी वर्ष २१ कि डिलमाया खड्काको मृत्युभएको छ । त्यस्तै, दुल्लु नगरपालिका –१ कि अन्दाजी वर्ष १८ कि जानुकुमारी खड्का, दुल्लु नगरपालिका –५ का १९ वर्षीय भरत शर्मा र अन्य दुई जनाको नाम खुल्न बाँकी रहेको जानकारी दिए ।

ट्याक्टर दुर्घटनाको खवर पाउनासाथ प्रहरीचौकी तल्लो डुगेश्वरबाट प्रहरी नायव निरीक्षक सूर्यबहादुर कार्कीको टोलीले उद्धारगरी घाइतेलाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको भए पनि एक जनाको मृत्यु भएको जानकारी दिए ।

उहाँले भन्नुभयो, “ट्याक्टरमा सवार पाँच जनामध्ये दुई जना सामान्य घाइतेहरु दुर्घटना स्थलबाट घर गएका थिए । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?