Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु


३२ जेठ, दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराति दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) किशोर लम्सालले ट्याक्टर दुर्घटनामा चार जना घाइते भएको र एक जनाको मृत्यु भएको जानकारी दिए ।

उनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका –१ कि अन्दाजी वर्ष २१ कि डिलमाया खड्काको मृत्युभएको छ । त्यस्तै, दुल्लु नगरपालिका –१ कि अन्दाजी वर्ष १८ कि जानुकुमारी खड्का, दुल्लु नगरपालिका –५ का १९ वर्षीय भरत शर्मा र अन्य दुई जनाको नाम खुल्न बाँकी रहेको जानकारी दिए ।

ट्याक्टर दुर्घटनाको खवर पाउनासाथ प्रहरीचौकी तल्लो डुगेश्वरबाट प्रहरी नायव निरीक्षक सूर्यबहादुर कार्कीको टोलीले उद्धारगरी घाइतेलाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको भए पनि एक जनाको मृत्यु भएको जानकारी दिए ।

उहाँले भन्नुभयो, “ट्याक्टरमा सवार पाँच जनामध्ये दुई जना सामान्य घाइतेहरु दुर्घटना स्थलबाट घर गएका थिए । ट्याक्टर चालक फरार रहेकाले प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?