३२ जेठ, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले हिसान शैक्षिक मेला बन्द गराएको छ ।
स्थानीय तहसँग समन्वय नगरी मेला चलाएको र एईईको रिजल्ट प्रकाशित नहुँदै प्लस टुमा भर्नाका लागि विद्यार्थीलाई दबाब दिएको भन्दै महानगरले मेला बन्द गराएको हो ।
मेला बन्द गराउन नगर प्रहरीको टोली पुगेको थियो ।
असार ३ गतेसम्म सञ्चालन हुने उक्त मेला सभामुख देवराज घिमिरे बिहीबार उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार