Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

घरघरबाट सुरु भयो फोहोरको वर्गीकरण


३२ जेठ, झापा । बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहोर सङ्कलन गर्न थालेको छ। नगरमा सङ्कलन भएको फोहोरबाट बायोग्याँस उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन्। कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि नगरपालिकाले सबै वडामा छुट्टा छुट्टै गाडी पठाउने गरेको उनले जानकारी दिए। “कुहिने फोहर सङ्कलन गरेर दुई वटा गाडीमार्फत कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहारमैला व्यवस्थापन कम्पनीमा लैजाने कार्य सुरु भइसकेको छ”, उनले भने।

बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको साझेदारीमा स्थापना भएको उक्त कम्पनीले नगरबाट आउने कुहिने फोहोरलाई जैविक ऊर्जामा परिणत गर्ने परियोजना सञ्चालन गरिरहेको छ। “वर्गीकरण नगरिएको फोहोर परियोजनाले लिदैन। हरेक टोल विकास संस्थामा जनचेतनामूलक कार्यक्रम गरेर घरबाट निस्कने फोहोरमैलालाई कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरिदिनु अनुरोध गरेका छौँ,” प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, “विज्ञहरुको सुझाव अनुसार नै फोहर वर्गिकरण गरेर सङ्कलन गर्नुका साथै जागरण अभियान पनि सँगसँगै चलाइरहेका छौँ।”

वर्गीकरण नगरिएको फोहर नबुझ्ने जानकारी गराइसकेको हुँदा नगरवासी आफैले कुहिने र नकुहिने फोहोरलाई अलग–अलग भाँडोमा राखेर बुझाउने गरेको उनले बताए। उनका अनुसार कनकाई नगरपालिका–२ को जामुनखाडीमा बायोग्यासको उत्पादन गृह छ।

बायोग्याँस उत्पादनका लागि विश्व बैंकले रू पाँच करोड ४६ लाख अनुदान दिएको कम्पनीले जनाएको छ। बायोग्याँसको उत्पादनका लागि रू २२ करोड लगानी भएकामा ६० प्रतिशत लगानी तीन पालिकाले व्यहोरिरहेका छन्। बिर्तामोड नगरपालिकाबाट दैनिक न्यूनतम् छ ट्याक्टर फोहरमैला निस्कने गरेको छ।

कुहिने फोहरबाट बायोग्यासका साथै जैविक मलसमेत उत्पादन गरिने कम्पनीले जनाएको छ। नकुहिने प्लास्टिकजन्य फोहरलाई पेलेर ‘पेभर्स’नामक निर्माण सामग्री उत्पादन गर्ने कम्पनीले योजना बनाएको छ। कम्पनीमा चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार दुई सय घनमिटर बायोग्यास उत्पादन गर्न सकिने छ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले प्लान्टबाट व्यावसायिक रुपमा ग्यास उत्पादन सुरु गर्न नगरपालिकाबाट वर्गीकरण भएको फोहर सङ्कलन आवश्यक रहेको बताए। उनले स्रोतमै कुहिने र नकुहिने वर्गीकरण गर्न नगरवासीलाई अपिल समेत गरे।


प्रकाशित मिति: ३२ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?